काठमाडौं । सुन्दर यातायातले आजबाट विद्युतीय सवारीको लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । ऊर्जा सचिब दिनेशकुमार घिमिरेले काठमाडौंको भत्केको पुलमा चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् ।
आज एक कार्यक्रमको बीच काठमाडौंको भत्केको पुलमा रहेको वर्कसपमा चार्जिङ स्टेशन संचालनमा ल्याइएको हो । अन्य स्थानका सुकेधार र सितापाइलामा पनि छिट्टै चार्जिङ स्टेसन सञ्चालन गर्ने सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले जानकारी दिए ।
सुन्दर यातायातले यही भदौ २३ गते भृकुटीमण्डमा विद्युतीय बस प्रदर्शन गर्ने र सञ्चालनमा ल्याउने जनाएको छ । सुन्दरले हाल ७ वटा बस तयारीको अवस्थामा राखेको छ । उनका अनुसार विद्युतीय बस सञ्चालनको सुरुको ३ दिन निःशूल्क यात्रु सेवा प्रदान गरिने छ ।
सो बस सञ्चालन सफल भएपछि सुन्दर यातायातले ११ करोड रुपैयाँ लगानीमा २० वटा विद्युतीय बस ल्याउने योजना बनाएको छ ।

