काठमाडौं । नेपाली बजारमा करिब २५ लाखदेखि ३५ लाख मूल्य भित्र पाउने ह्याचव्याक कारको माग निकै राम्रो रहेको छ । यस्तोमा बजारमा हुन्डाई, मारुती सुजुकी र टाटाबीच यस सेग्मेन्टमा निकै कडा प्रतिस्पर्धा रहेको छ ।
यो सेग्मेन्टमा मारुती सुजुकीको स्वीफ्ट, हुन्डाई ग्रान्ड आई १० र टाटा टियागो बीचमा कडा प्रतिस्पर्धा रहेको हो ।
नेपाली बजारमा बिक्री हुने यी तीन वटै कार निकै लोकप्रिय रहेका छन् । मूल्य, पावर, फिचर लगायतमा यी तीन कार बीचमा कडा प्रतिस्पर्धा चलिरहेको छ ।
मारुती सुजुकी स्वीफ्ट
मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले पहिलो पटक २००५ मा नेपाल ल्याएको स्वीफ्ट निकै लोकप्रिय रहेको छ । राम्रो माइलेज दिने यो कार १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । त्यस्तै ५ स्पीड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।
एआरएआईले प्रमाणित गरे अनुसार स्वीफ्टमा रहेको पेट्रोल इन्जिनले २२ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

आकर्षक डिजाइन र लुक्समा आएको मारुती सुजुकी स्वीफ्ट स्पोर्टी र क्युट भएकैले उपभोक्ता आकर्षित गर्न सफल भएको मानिन्छ ।
मारुती सुजुकी स्वीफ्टका मूल्य २९ लाख ९९ हजारदेखि ३२ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । नेपालमा स्वीफ्ट दुई भेरियन्टमा उपलब्ध छ । आफूसँग भएको बजेट अनुसार स्वीफ्ट खरिद गर्न सकिन्छ ।
सुजुकीका सबै भेरियन्टमा स्ट्यान्डर्ड सुरक्षा विशेषता जस्तै एबीएस र डियुल फ्रन्ट एयरब्याग रहेको छ । हाइ इन्ड भर्सनमा अझ धेरै विशेषताहरु रहेका छन् ।
हुन्डाई ग्रान्ड आई १०
नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सन् २०१७ ग्रान्ड आई १० को फेसलिफ्ट मोडल सार्वजनिक गरेको थियो । सन् २०१३ देखि नेपाली बजारमा बिक्री वितरण हुँदै आएको ग्रान्ड आई १० निकै सफल ह्याचव्याक कार हो । आई १० मा आकर्षक सजावट, हाइ–टेक फिचर, सुधारिएको प्रफरमेन्स तथा इन्धन वचतजस्ता विशेषता रहेकाले नेपाली बजारमा निकै सफल भएको हो ।

ग्रान्ड आई १० कम्पनीकै चर्चित ह्याचव्याक आई १० बन्द भएपछि आएको मोडल भएकाले नेपाली बजारमा समेत निकै राम्रो व्यापार गरेको थियो ।
११९७ सीसी क्षमताको फोर सिलिन्डर इन्जिन दिइएको यो कार निकै स्पोर्टी रहेका कारण चर्चामा रहन सफल भएको कार हो । यसको इन्जिनले ६ हजार आरपीएममा ८३ बीएचपी पावर र ४००० आरपीएममा ११४ एनएम टर्क जेनेरेट गर्छ । एआरएआईले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने प्रमाणित गरेको छ ।
ग्रान्ड आई १० माग्नाको २९ लाख ५६ हजार रुपैयाँ मूल्य तोकिएको छ । त्यसैगरी, माग्ना एटीको ३३ लाख ५६ हजार रुपैयाँ, स्पोर्टसको ३१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
टाटा टियागो
टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बिक्री गर्दै आएको ‘टाटा टियागो’ले यो सेग्मेन्टमा आफ्नो दमदार उपस्थिति जनाएको छ ।
४ भेरियन्टमा उपलब्ध टियागोको तीन भेरियन्ट यो सेग्मेन्टमा प्रतिस्पर्धी रहेको छ । टियागो एक्सएमओ, टियागो एक्सजेड, टियागो एक्सजेडप्लस र टियागो एनआरजी यो सेग्मेन्टका प्रतिस्पर्धी हुन् ।

टियागोमा रेभोट्रोन १.२ लिटर पेट्रोल इन्जिन रहेको छ । जसले ६००० आरपीएममा ८५ पीएस पावर र ३५०० आरपीएममा ११४ एनएम टर्क जेनेरेट गर्छ ।
यसको इन्टेरियरमा १८० एमएम ग्राउन्ड क्र्लीयरेन्सल रहेको कारमा १५ इन्च डिउल टोन अलोय ह्वील दिइएको छ ।
यसमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प,फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउण्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलर जडान भएको छ ।
एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एयरब्याग जस्ता फिचर उपलब्ध यो कारले नेपाली बजारमा राम्रो बजार लिन सफल भएको छ ।
कम्पनीले टियागो एक्सएमओको मूल्य २८ लाख ५५ हजार, टियागो एक्सजेडको ३० लाख ९९ हजार, टियागो एक्सजेड प्लसको ३१ लाख ५५ हजार र टियागो एनआरजीको मूल्य ३१ लाख ९६ हजार तोकिएको छ ।


