जीपको ७ सिटर एसयूभी ‘ग्रान्ड कम्पास’

जीपले टोयोटा फर्चुनरसँग प्रतिस्पर्धा गर्नेगरि सात सिट अप्सनको नयाँ एसयूभी निर्माण गर्ने भएको छ । ग्रान्ड कम्पासको नाममा आउने यो एसयूभी लो–डि कोड नाममा निर्माण भइरहेको छ । यसले फर्चुनरको अलवा, फोर्ड इन्डेभोर र महिन्द्रा अल्टुरस जिफोर, इसुजु एमयुएक्ससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

फोर ह्वील ड्राइभ सिस्टममा आउने यो मोडलमा १.४ लिटर फोर लिटर पेट्रोल र २.० लिटर डिजेल इन्जिनमा दिइने अनुमान गरिएको छ । यो मोडललाई २०२० को अन्तिमसम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ । 

जीप कम्पासकै डोमेस्टिक पोर्टफोलियोमा निर्माण भएको यो मोडलमा आकर्षक फिचर दिने कम्पनीले जनाएको छ ।

कम्पनीले यसमा आकर्षक इन्फोटेनमेन्ट सिस्टम, एबीएस, इबीडी, रियर पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, उत्कृष्ट पावर र एप्पल कार प्लेको विशेषता प्रदान गर्ने भएको छ ।

उच्च ग्राउन्डक्लियरेन्स सहित आउने नयाँ एसयूभीमा प्रिमियम फिचर लोड हुने जनाइएको छ । कम्पनीका अनुसार ग्रान्ड कम्पास, अफरोड ड्राइभिङलाई मध्यनजर गर्दै निर्माण गरिएको हो ।


Back_to_top