स्क्र्याम ४४० मोटरसाइकललाई अब्बल बनाउने ५ कारण

काठमाडौं । रोयल इनफिल्डको नयाँ ४४० सीसी क्षमताको स्क्रयाम्बलर मोटरसाइकल नेपालमा बिक्री सुरू भएको छ । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नयाँ मोटरसाइकललाई ट्रेल र फोर्स गरि दुई भेरियन्टमा बिक्री सुरू गरेको हो ।

कम्पनीले स्क्र्याम ४४० को ट्रेल भेरियन्टलाई ६ लाख ८९ हजार ९०० र फोर्स भेरियन्टलाई ६ लाख ९९ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री सुरू गरेको हो ।

रोयल इनफिल्डले नयाँ इन्जिन, आधुनिक प्रविधि र आकर्षक डिजाइनमा यसलाई तयार पारेको दाबी गर्छ । मूल्य, डिजाइन, पावर र आधुनिक प्रविधिको प्रयोग कै कारण यसले नेपालमा पनि सफलता पाउने बिक्रेताको विश्वास छ ।

रोयल इनफिल्डले तिहार अगाडि बिक्री गरेको नयाँ स्क्रयाम ४४० मा भएका मुख्य पाँच फिचरका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।

नयाँ इन्जिन

स्क्रयाम ४४० मोटरसाइकल रोयल इनफिल्डले आफ्नो नयाँ जे सिरिज प्लेटफर्ममा बनाएको हो । यसमा ४४३ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर र आयल कुल्ड इन्जिन दिइएको छ । जुन, एफआई इन्जिन हो । नयाँ इन्जिनले अधिकतम २५.४२ ब्रेक हर्सपावर र ३४ न्यूटन मिटर पीकटर्क प्रदान गर्छ ।

मोटरसाइकलमा ६ स्पीडको गियरबक्स दिइएको छ । यसको टप स्पीड क्षमता १२० किलोमिटर प्रतिघण्टा रहेको छ । सहर, अफरोड र लामो यात्राको लागि उपयुक्त स्क्र्याम ४४० सबै किसिमको बाटाहरूको लागि उपयुक्त मोडल हो ।

आधुनिक टीएफटी डिजिटल-एनालग मिटर

नयाँ टीएफटी डिस्प्ले प्रणालीसहितको स्कृनमा ब्लुटुथ कनेक्टिभिटी सिस्टम, नेभिगेशन, कल, एसएमएस नटिफिकेसन लगायतका प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चालकहरुलाई निकै स्मार्ट र सुविधायुक्त बनाउँछ ।

डबल-च्यानल एबीएस र अपसाइड डाउन फोर्क

सुरक्षाका दृष्टिले अब्बल बनाउन स्क्र्याम ४४० मोटरसाइकलमा डबल च्यानल एबीएस सहित डिस्क ब्रेक र अपसाइड डाउन फ्रन्ट फोर्क दिइएको छ । पछाडि एड्जस्टेबल मोनोशक सस्पेन्सन सेटअप छ । जसले चालकलाई स्थिरता र कम्फर्ट प्रदान गर्छ ।

सबै एलईडी लाइट

हेडलाइटदेखि टेललाइटसम्म सबै लाइटहरू एलईडी छन् । मेटल ट्याङ्क र आकर्षक क्रोम फिनिसमा तयार भएको मोटरसाइकल क्लासिक र आधुनिक दुवै लुक्स प्रदान गर्न सक्षम छ ।

आरामदायी सिटिङ पोश्चर

स्क्र्याम ४४० मोडलको डिजाइन पुराना रोयल इनफिल्ड मोडलहरूभन्दा थप मस्कुलर भएको छ । ७९५ एमएम अग्लो सिट हाइटले राइडरलाई सन्तुलित र राइडिङ पोस्चर लामो यात्राका लागि उपयुक्त बनाएको छ । मस्कुलर ट्याङ्क, आरामदायी सिट र स्लीम टेल सेक्सनले स्क्र्यामलाई अब्बल बनाएको छ ।


Back_to_top