एउटै कार ३० देखि ४० वर्षसम्म चलाउनु सामान्य कुरा हो । तर, स्वीजरल्यान्डस्थित स्प्रीङ्गल्यान्ड मासेचुसेट्सका एक नागरिकले विश्वास नै नलाग्ने गरी एउटै कारलाई ८२ वर्षसम्म चलाएका छन् । सन् १९०८ मा जन्मेका स्वीस नागरिक एलन स्वीफ्टले आफ्नो बाबुले उपहारमा दिएको रोल्स–रोयस कारलाई ८ दशकसम्म निरन्तर चलाएका हुन् ।
सन् २०१० मा १ सय २ वर्षको उमेरमा एलेनको मृत्यु भएको थियो । यति लामो समयसम्म एउटै कार चलाउने एलेन संसारकै पहिलो व्यक्ति हुन् । उनको मृत्युपश्चात् सो कारलाई स्प्रीङ्गल्यान्डको एक म्यूजियममा राखिएको छ । उनले कारलाई १७ लाख १२ हजार किलोमिटर यानिकी औषतमा उनले हरेक वर्ष २० हजार ८ सय ७८ किलोमिटर चलाएको थिए ।
उनले कार प्रयोग गरेको समय थाहापाउने जो कोहि उनले यात्रा गरेको किलो मिटर र गाडीको आयु देखेर अचम्म मान्ने गर्छन् ।

