काठमाण्डौं । शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौको ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ ।
नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गराएको थियो । उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवम सिमेन्टले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई विजया दशमीको शुभकामना सहित एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको थियो ।
उक्त कार्यक्रममा कालोपुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्फबाट सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेका थिए ।

