काठमाडौं । लामो प्रतिक्षा पछि नेपाल वायु सेवा निगमले खरिद गरेको एयरबस ए ३३०–२०० विमान अन्नपूर्ण नेपाल आएको छ । आज बिहान अबतरण गरेको जहाज फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो ।
जहाजमा २ सय ७४ सीट रहेको यो जहाजमा १८ सीट विजनेश क्लास र २ सय ५६ सीट इकोनोमि क्लासका रहेका छन् । अब जहाजले नियमित उडान गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिनु पर्ने हुन्छ ।
निअगमका अनुसार यो जहाजबाट पहिलो चरणमा दुबर्इ र कतार उडान गर्ने छ । त्यसपछि क्रमश जापान र दक्षिण कोरियामा उडान भर्ने जनाइएको छ । अघिल्लो सातामात्र नेपाल र जापानबीच हवार्इ सेवा सम्झौंता भएको थियो । सम्झौंता अनुसार नेपाली जहाजले सातामा १४ उडान गर्न पाउनेछन् ।

