प्रदेश सरकारले गर्यो सार्वजनिक सवारीसाधनमा २००% सम्म कर वृद्धि (सूचीसहित)

काठमाडौं । प्रदेश नम्बर ३ को सरकारले ल्याएको आर्थिक बर्ष २०७५/७६ को बजेटबाट भाडाका सवारी साधनमा लाग्दै आएको वार्षिक करमा २०० प्रतिशतसम्म वृद्धि गरिएको छ । 

यो पनि पढ्नुस्ः प्रदेश सरकारले पनि बढायो १०% सवारीसाधन कर, कुनमा कति ? (सूचीसहित)

असार १ गते ल्याएको बजेटले यसअघि लाग्दै आएको सवारीसाधन करमा ब्यापक वृद्धि गरेको हो । डोजर, एक्साभेटर, लोडर, ट्रिपर, रोलर र क्रेनमा लाग्दै आएको १७ हजार वार्षिक करलाई बढाएर ५० हजार रुपैयाँ पुर्याइएको छ । 

किसानले जमिन जोत्ने ट्याक्टरमा लाग्दै आएको वार्षिक कर दोब्बर बनाइएको छ । यसअघि वार्षिक २ हजार ५०० रुपैयाँ रहेको ट्याक्टरको राजस्व ५ हजार बनाइएको छ । 

सार्वजनिक सवारीसाधनमा  बार्षिक कर  

     

क्र.सं.

सवारीको विवरण

आ.व. २०७४/०७५

आ.व. २०७५/०७६

क)

१३०० सी.सी. सम्म

८०००            

,८००              

ख)

१३०१ सी.सी. देखि २००० सी.सी. सम्म

,०००              

,९००                 

ग)

२००१ सी.सी. देखि २९०० सी.सी. सम्म

११,०००             

१२,१००                  

घ)

२९०१ सी.सी. देखि ४००० सी.सी. सम्म

१३,०००             

१४,३००              

ङ)

४००१ सी.सी. देखि माथि सबै

१५,०००             

१६,५००            

च)

डोजर, एक्साभेटर,
लोडर,
ट्रिपर,
रोलर,
क्रेन

१७,०००             

५०,०००            

छ)

अटो रिक्सा, थ्री
ह्वीलर
, टेम्पो

,०००             

,४००             

ज)

ट्रेक्टर

,५००               

५०००                                   

झ)

पावर टिलर

,०००                

,३००                   

ञ)

मिनी ट्रक/मिनी
बस

१२,०००            

१३,२००             

ट)

मिनी ट्रिपर

१४,०००               

१५,४००                      

ठ)

ट्रक / बस

१६,०००             

१७,६००       


Back_to_top