एबीएस सुविधासहित बजाजको सस्तो पल्सर १२५ आउने

बजाज मोटरसाईकल पछिललो दिनमा भएको बिक्री ग्रोथबाट निकै उत्साहित भएको छ । कम्पनीको सबैभन्दा सफल मोडल पल्सरलाई कम्पनीले १२५ सीसी क्षमतामा उत्पादन सुरु गर्ने भएको छ । 

बिभिन्न भारतीय मिडिया रोपोर्टले जनाए अनुसार कम्पनीले उत्पादन गर्ने १२५ सीसी पल्सरमा एबीएससमेत हुने छ । यो बाइक पल्सर मोडलको सबैभन्दा सस्तो मोडलसमेत हुने छ । 

बजाजको नयाँ पल्सरमा १२५ सीसी ४ भल्ब इन्जिन दिने छ । १३ बिएचपी पावर र १०.८ एनएम टर्क जेनेरेट गर्ने यो इन्जिनले बाइकको परर्फमेन्स निकै राम्रो हुने दाबी गरिएको छ । यसमा ५ स्पिड गियरबक्स रहने छ । 

याे पनि पढ्नुस् ः नेपालमै बनेपछि बजाज पल्सर र टिभीएस अपाचीको मूल्य घट्ला ? यस्तो छ सरकारी छुट

कम्पनीले यसलाई २०१९ को सुरुवातमा नै बजारमा बिक्री वितरण सुरु गरिसक्ने आँकलन गरिएको छ । १२५ सीसी सेग्मेन्टमा डिस्कभर मात्रै रहेकाले भारतीय बजारको माग अनुसार कम्पनीले उत्पादन गर्ने रणनीति बनाएको जनाइएको छ ।  

भारतीय बजारमा होन्डा साइन र हिरो ग्यामरसँग प्रतिस्पर्धाको लागि कम्पनीले पल्सर १२५ ल्याउन लागेको अनुमान गरिएको छ । पल्सर २००१ देखी निरन्तर चर्चामा रहेको मोटरसाइकल हो । 

नेपाली बजारमा पनी २००१ बाट नै बिक्री वितरण सुरु भएको पल्सर अहिले पनि सर्वाधीक बिक्री हुने वाइकमा पर्छ । 


Back_to_top