अहिलेनै हो नेपालमा इलेक्ट्रीक कार किन्ने सहि समय, यस्ता छन् ९ फाइदा

काठमाडौं । नेपाली सडकमा २०५२ सालबाट इलेक्ट्रीक सवारीको गुड्दै आइरहेको छ । सफा टेम्पोबाट सुरुभएको इलेक्ट्रीक सवारीको बिक्री अहिले रेभा, महेन्द्रा इटुओ, किया सोल इभी र बिवाइडी सम्म आइपुगेको छ ।

याे पनि पढ्नुस्ः यी हुन् नेपाली बजारमा पाइने इलेक्ट्रीक कार, अन्य कुन-कुन आउने तयारीमा ?

त्यसोत अब चाँडै होन्डाई मोटर्सको कोना इलेक्ट्रीक नेपाल आउने तयारी भइरहेको बुझिएको छ । टाटा मोर्टसको टिगोर इलेक्ट्रीक समेत नेपाली बजारमा आउने कुरा सुरु भइसकेको छ । त्यसोमा ग्यासोलिन कारको तुलनामा इलेक्ट्रीक कारको फाइदाका बिषयमा सर्वसाधारणमा संदेश दिनुपनि निकै आवस्यक हुन्छ ।

अबको केही बर्षपछि नै सरकारले विद्युतीय कारमा समेत करका दर अहिले ग्यासोलिन कारमा जति नै बनाउने पक्का छ ।

नेपालमा पेट्रोलीयम पदार्थको प्रयोग हुने सवारीसाधनका कारण १ खर्ब ३० अर्व मूल्य हाराहारीको पेट्रोलियम पदार्थ ल्याउनु परिरहेको छ । त्यसोमा इलेक्ट्रीक सवारी साधन ल्याउन सक्ने हो भने इन्धन आयात घट्न गई हाम्रो ब्यापार घाटा कम हुन जान्छ ।

अहिलेसम्म सरकारले बिद्युतीय सवारी साधनमा लगाउँदै आएको अन्तःशुल्क अत्यन्त न्यून १० प्रतिशत मात्र रहेको छ । त्यसैले नेपालमा अहिले इलेक्ट्रीक कार किन्ने उपयूक्त अवसर हो । अन्यथा अबको केही बर्षपछि नै सरकारले विद्युतीय कारमा समेत करका दर अहिले ग्यासोलिन कारमा जति नै बनाउने पक्का छ ।

अहिले बिभिन्न देशका सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । उनिहरुले आफ्ना ठूला र सांस्कृतिक सहरहरुमा सयमसिमा तोकेर ग्यासोलिन कारहरुको विस्थापन गर्ने जनाइ सकेका छन् । हाम्रा दुई छिमेकी भारत र चीनले निकै आक्रामक रुपमा बिद्युतीय कारको उत्पादनलाई बढवा दिन लागेको समयमा हामीले अन्य कारको प्रयोगका बिषयमा सोच्न सक्ने ठाँउनै छैन ।

यस्ता छन् बिद्युतीय कारका फाईदाहरु 

१. वातावरणको क्षेत्रमा आइरहेको परिर्वतन र ग्लोवल वार्मिङ जस्ता संकटसँग लड्न यस्ता इलेक्ट्रीक कारहरु निकै फाइदाजनक हुने छन् । किनकी यी सवारी साधनहरु जेरो इमीसनका हुन्छन् । 

२. पेट्रोलियम पदार्थको प्रयोगबाट औषत १०–१५ रुपैयाँ प्रति किलोमिटर खर्चलाग्ने तथ्याङकहरु सार्वजनिक भएका छन् । तर इलेक्ट्रीक कारको प्रयोगगर्दा ३–५ रुपैयाँ प्रतिकिलोमिटर मात्र खर्च आउने बताइन्छ ।

३. कारको मेन्टिनेन्समा आउने खर्चसमेत निकै कम हुन्छ । पेट्रोल वा डिजेलकारमा २ हजार पिस मुभिङ पार्टसको प्रयोग भएको हुन्छ भने इलेक्ट्रीक कारमा जम्मा २० वटा मात्रै मुभिङ पाटर्सको प्रयोग भएको हुन्छ ।

४. तेल हाल्ने झन्झटबाट मुक्ति पाउनु नेपाल जस्तो देशमा निकै ठूलो उपलब्धि मान्न सकिन्छ । कहिले ट्ङकरको हड्ताल, कहीले पेट्रोल पम्पको हड्ताल त कहिले नाकाबन्दी वा अन्य कुनै कारण हरेक महिना इन्धन समस्याले हामीलाई पिरोली रहेको हुन्छ । यस्तोमा इलेक्ट्रीक कार भए राती घरको प्लगमा जोडर बिहान निर्धक्क कार लिएर निस्कन पाइन्छ ।

५. इलेक्ट्रीक कारमा लुब्रिकेन्ट फेरिरहने झन्झट हुदैन । किनकी ग्यासोलिन इन्जीन जस्तो यसमा लुब्रिकेन्टनै हाल्नु पर्दैन । जसले गर्दा महिना महिनामा सर्भिसीङ्गमा लानु पर्ने समय र पैसा दुवै जोगाउछ । 

६. इलेक्ट्रीक कारहरु चलाउन पनि निकै सहज हुन्छन् । काठमाडौं लगायत देशका अन्य ठूला सहरहरुमा हुने ट्राफिक जाममा कार चलाउन निकै कठिन हुन्छ । तर इलेक्ट्रीक कारमा डाईरेक्ट ड्राइभ ट्रान्समिशनको प्रयोग हुने हुँदा चलाउन निकै आरामदायी हुन्छ ।

७. इलेक्ट्रीक कारमा टेलिम्याट्रिक्सको प्रयोग गरिएको हुन्छ जसको सहयोगले घर भित्र वा घरबाट टाडै बसेर पनि कारको चार्ज लगायत अन्य बिषयहरुमा जानकारी पाउन सकिन्छ ।

८. इलेक्ट्रीक कारको अर्को सबैभन्दा ठुलो फाइदा यसले साउन्ड पोलुसन गर्दैन । यदि तपाई इलेक्ट्रीक  कार चलाउँदै हुनुहुन्छ भने कार चलिरहेको छ वा छैन भन्ने कुरा आवाजले पत्ता लगाउन सक्नुहुन्न । 

९. इलेक्ट्रीक कारको वार्षिक सडक कर तिर्नु पर्दैन । सरकारले यसलाई शतप्रतिसत छुट दिएको छ । 


Back_to_top