काठमाडाैँ । फक्सवागेनको नयाँ क्रसओभर ‘टि क्रस’ यूरोपका सडकमा परिक्षणको क्रममा देखिएको छ । यूरोपेली बजारमा यही बर्षको अन्त्यसम्ममा लन्च हुन सक्ने अनुमान गरिएको छ । नेपाली बजारमा भने टि क्रस २०२० सम्ममा आउन सक्ने अनुमान गरिएको छ ।
परिक्षणको क्रममा देखिएको टि क्रसको लुक्स आर्कषक तथा र्शाप रहेको छ ।
कम्पनीले टि क्रसलार्इ ‘एम क्यूब प्लेटफर्म’मा निर्माण गरेको छ । यहि प्लेटफर्ममा कम्पनीले पोलो पनि निर्माण गर्दै आएको छ । फक्सवागन ग्रुप अन्तर्गत नै रहेको स्कोडाको र्यापिड पनि यहि प्लेटर्फममा बनाउने अनुमान गरिएको छ ।
नयाँ टि क्रसमा एप्पल कार प्ले, एन्ड्रोयड र मिरर लिकं कनेक्टिभिटि सर्पोट गर्ने ८.० इन्च टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ ।
कम्पनीले यो कारलाइ भिन्न रुप दिनको लागी ड्युअल टोन कलर प्रयोग गर्ने छ ।
टि क्रसमा कम्पनीले पोलोको केबिन लेआउटबाट प्रेरित भएर काम गरेको छ । इन्जिनको बारेमा कम्पनीको आधिकारीक जानकारी नआएतापनि यसमा टर्वोचार्ज पेट्रोल र डिजल इन्जिन प्रयोग हुने अनुमान गरिएको छ । यसमा म्यानूअल तथा डबल क्लच अटोमेटिक ट्रान्समिसन हुने बताएको छ ।