१२ औँ जेनेरेसनमा कोरोला, स्पोर्ट स्वरुपमा आउँदै

काठमाडाैं । टोयोटा कोरोलाले सन् २०१७ मार्चमा अमेरिकाको न्यूर्योक सिटीमा कोरोला स्पोर्ट कारको लञ्च गरेको थियो । यो कोरोला कारको १२ आैं जेनेरेसन कार हो । कोरोला विश्वमा नै सर्वाधिक बिक्री भएको कार मोडल हो । करिब ४ करोड ५ लाख युनिट कोरोला कार विश्वभर बिक्री भएका छन् । 

नयाँ जेनेरेसन कोरोला टोयोटाको ‘टीएनजीए’ प्ल्याटफर्ममा निर्माण गरिएको छ । जापानीज कार उत्पादकले हरेक नयाँ जेनेरेसन कारमा ‘टीएनजीए’ प्ल्याटफर्मको प्रयोग गर्ने गरेको छ । अमेरिकी बजारमा सार्वजनिक गरेको करिब १६ महिनापछि कम्पनीले जापानी बजारमा कोरोला स्पोर्ट सार्वजनिक गरेको छ । 

आवरण

यसमा कम्पनीले आक्रर्षक स्वीपिङ प्रोजेक्टर हेड ल्याम्प दिएको छ भने, स्पोर्टी बम्परले कारलाई निकै आक्रर्षक बनाएको छ । यो कारमा कम्पनीले नयाँ स्पोर्टी अलोय ह्वील दिएको छ । यसमा पछाडि दिइएको ल्याम्प र ब्ल्याक फिनिस तल्लो भागले कारलाई निकै स्टाइलिस देखाएको छ । यसलाई भविष्यको टोयोकारको रुपमा पनि चित्रण गरिएको छ । 

इन्टेरियर

यसमा रहेको थ्री स्पोक मल्टीफङ्ग्सन स्टेरिङ, आक्रर्षक ड्यास बोर्ड, सात इञ्चको इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कार–प्ले र नयाँ बुकेट सिटले यसको इन्टेरियर निकै आक्रर्षक रहेको छ । 

इञ्जिन

सुन्दर, आक्रर्षक र विभिन्न कनेक्टीभ सिस्टममा सुधार गरेर ल्याइएको यो कारमा दुई इञ्जिनमा आएको छ । १.८ लिटर हाईब्रिड इञ्जिनमा आएको कारले १२५ पीएस पावर र २७५ एनएम टर्क उत्पादन गर्छ भने १.२ लिटर टर्बो चाजर्ड इञ्जिनमा आएको कोरोलाले ११६ पीएस पावर र १८५ एनएम टर्क उत्पादन गर्छ । 

यी इञ्जिनहरू १० स्पीड सीभिटी गियर बक्समा उपलब्ध रहेको छ । साथै, टर्बो चाजर्ड इञ्जिनमा उपलब्ध कोरोला म्यानूयल गियरमा समेत रहने छ । अलह्वील ड्राइभ अप्सनमा र मल्टीपल ड्राइभ अप्सनमा उपलब्ध रहनेछ । आठ कलर भेरियन्टमा उपलब्ध हुने यो कार विश्व बजारमा जुलाईबाट बिक्री-वितरण सुरु हुने जनाइएको छ ।


Back_to_top