मर्सिडिज क्यूपे ६३ भारतीय बजारमा आउँदै

काठमाडाैं । मर्सिडिज कम्पनीले एएमजी एस–क्लास परफर्मेन्स भर्सनको एस–६३ क्यूपे सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको मूल्य २ करोड ५५ लाख भारतीय रुपैयाँ निर्धारण गरेको छ । मर्सिडिजको भारतीय बजारमा परफर्मेन्स कार सार्वजनिक गरेको यो १५ औँपटक हो ।

यसमा ४.० लिटरको ट्वीन टर्बाे भी-८ इञ्जिन लगाइएको छ । यसले, ६१२ पीएस पावर उत्पादन गर्छ भने इञ्जिनलाई ९ स्पीड अटोमेटिक गियरबक्ससँग जोडिएको छ ।

शून्य देखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार लिनका लागि शून्यदेखि ४ सेकेन्डभन्दा कम समय लगाउने कम्पनीले दाबी गरेको छ । एस ६३ क्यूपमा फ्रन्ट ग्रील तथा बम्पर परिवर्तन गरिएको छ ।

हेडल्याम्पसको तथा टेलल्याम्प्स्मा ओएलईडी ट्रीटमेन्ट लगाइएको छ । टू सिटर कारमा चार प्यासेञ्जर आरामसँग यात्रा गर्न सक्नेछन् ।

मर्सिडिजमा स्ट्यान्डर्ड कमान्ड इफाटेन्टमेन्ट सिस्टम दिइएको छ । यसले एप्पल कार तथा एन्ड्रोइड कनेभिक्टीलाई सपोर्ट गर्ने गर्छ । यसमा ड्राइभिङ अस्टिेन्ट प्याकेज तथा एक्टिभ स्टेरियरिङ असिस्टजस्तो सुविधाको विकल्प दिइएको छ ।


Back_to_top