टोयोटाले भारत ल्याउने भयो हाइड्रोजनबाट चल्ने कार ‘मिराई’

हाइब्रिड टेक्नोलोजीको वादशाह मानिएको टोयोटा मोटर कर्पोरेशनको नयाँ प्रयोग हाइड्रोजन फिउल सेल कार मिराईको नयाँ जेनेरेशन भारतमा सार्वजनिक हुने चर्चा चलेको छ । यसअघिको जेनेरेशन २०१६ अटो एक्स्पोमा भारतमा सार्वजनिक भएको थियो । 

हाइड्रोजनको प्रयोगबाट संचालन हुने टोयोटा ‘मिराई’ भारतमा आगामी फेब्रुअरी ७ देखि १२ तारिखसम्म चल्ने अटो एक्स्पो २०२० मा सार्वजनिक गरिने अनुमान गरिएको छ । 

अहिले अमेरिका, जापान र युएई जस्ता मुलुकमा बिक्री वितरण भइरहेको मिराई भारतीय बजारमा आउने कुराको पुष्टी टोयोटा इन्डियाका डेपुटी मेनेजिङ डाइरेक्टर एन राजाले गरेका हुन् । यद्यपी उनले अटो एक्स्पोमा देखाउन मात्रै हो वा बिक्री वितरणको लागि मिराई भारत ल्याउन लागिएको विषयमा भने केही बताएनन् ।

उनले भने ‘कम्पनीले अमेरिका, जापान र दुवाईपछि मिराई भारतमा ल्याउन लागेको छ ।’

कम्पनीले २०१५ मा अमेरिकी बजारमा सार्वजनिक गरेको मिराईको दोस्रो जेनेरेशन ल्याउने तयारीमा टोयोटा जुटेको छ । कम्पनीले ल्याउने हाइड्रोजन फिउल सेल कारले सून्य प्रदुषण गर्ने र एक पटकको फुल ट्याङ्कमा ७०० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । उक्त गाडीमा फिउल हाल्न ५ मिनेट लाग्ने जनाइएको छ ।

मिराइमा रहेको फिउल सेल सिस्टममा ३७० सेलको प्रयोग गरिएको छ । जसले १५१ बीएच पावर र ३३५ एनएम टर्क जेनेरेट गर्छ ।    


Back_to_top