फक्सवागनका सीइओ भन्छन्, ‘इभीमा मुख्य प्रतिस्पर्धी एप्पल’

काठमाडौं । केहि दिनअघि एउटा समाचार आयो एप्पलको इलेक्ट्रीक कार प्रोजेक्ट निकै रफ्तारमा अगाडि बढी रहेको छ । सम्भवत एप्पलले सन् २०२१ मा इलेक्ट्रीक कारको प्रटोटाइप वा प्रडक्सन मोडल सार्वजनिक गर्ने छ । यसले अन्य अटो निर्माता कम्पनीहरुलाई गहिरो सोचमा पारेको छ ।

एप्पलले ल्याउने कारको विषयमा फक्सवागनका सीइओ हर्वट डेसिसले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘इलेक्ट्रीक कार सेग्मेन्टमा एप्पलको प्रबेशले विश्वको अटोमोवाइलको चित्रै बदलिन सक्छ ।’

हर्वट अगाडि भन्छन् ‘परम्परागत गाडी उत्पादन गर्ने फक्सवागन, टोयोटा जस्ता कम्पनीको लागि एप्पलको प्रबेश निकै चुनौतीपूर्ण हुने छ । एप्पलको टेक्नोलोजी र उसँग भएको अथाह सम्पतिको प्रभाव गाडीमा सर्ने छ ।’

हर्वट यस्ता सीइओ हुन् जसले यसअघि टेस्ला र त्यसका सिइओ एलन मस्कको पनि खुलेर प्रशंसा गरेका थिए । साथै, उनले एप्पलले ल्याउने सेल्फ ड्राइभ टेक्नोलोजीले कारको बजारमा नयाँ स्थान हासिल गर्ने बताएका छन् ।

उनका अनुसार विश्वमा नयाँ टेक्नोलोजी र विद्युतीय गाडीमा टेस्ला र एप्पलको अलावा अन्य कम्पनीहरु पनि निकै ठूलो चुनौती दिदै अगाडि आएका छन् । पछिल्लो समय फक्सवागन, टोयोटा, हुन्डाई, निसान, होन्डा जस्ता कम्पनीहरुले पनि विद्युतीय कारमा लगानी बढाएका छन् ।

फक्सवागन आफैँले आइडी सिरिजमा विद्युतीय कार उत्पादन सुरु गरेको छ । कम्पनीले आइडी थ्री र आइडी फोरमा काम गरिरहेको छ ।


Back_to_top