नेपालमा बिक्री भएका जिली ईएक्स फाइभमा थपिए यी दुई फिचर

काठमाडौं । नेपाली बजारमा हाल बिक्री भइरहेको जिली ईएक्स फाइभ इलेक्ट्रीक एसयूभीमा थप दुई फिचर थपिएका छन् ।

चीनको अग्रणी अटोमोबाइल निर्माता जिली अटो ग्रुपले नेपालमा उपलब्ध ईएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा प्रदान गरेको हो ।

जिलीले यी फिचर विश्वव्यापी रूपमा उपलब्ध गराएकाे हाे । नेपाली ग्राहकलाई पनि अन्तर्राष्ट्रिय स्तरकै उन्नत इन-कार प्रविधि सुनिश्चित गर्न नयाँ सुविधा प्रदान गरिएको कम्पनीको भनाइ छ ।

यी नयाँ फिचर थपसँगै जिली ईएक्स फाइभको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै उपस्थितिलाई अझ मजबुत बनाएको छ।

एप्पल र एन्ड्रोइड कारप्ले सपोर्ट प्रणालीले गाडीलाई चालकको स्मार्टफोनसँग सहज एकीकरणमार्फत सुरक्षा, सुविधा र कनेक्टिभिटीलाई एकसाथ जोड्दै ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाउँछ ।

नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले नेपालमा हालसम्म बिक्री भएका सबै ईएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट प्रदान गर्न थालिसकेको जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक जीवन जंग शाहीले प्राविधिक टोलीले ग्राहकको घर, कार्यालय लगायत सुविधाजनक स्थानमै पुगेर यी प्राविधिक सुविधाहरूलाई इन्स्टल गरिरहेको जानकारी दिए ।

‘चीनस्थित जिली अटो ग्रुपको प्रत्यक्ष सहयोगमा उपलब्ध यो स्मार्ट कनेक्टिभिटी अपग्रेडले जिली ईएक्स फाइभ लाई प्रिमियम ग्लोबल ईभीहरूसँग प्रतिस्पर्धी बनाउँदै नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षालाई पनि सम्बोधन गरेको छ,’ उनले भने ।

‘भविष्यमा नेपाल आयात हुने ईएक्स फाइभ सवारीसाधनहरूमा एप्पल कारप्ले र एन्ड्रोइड अटो प्रणाली इनबिल्ट नै रहने कम्पनीका बिक्री प्रमुख अधिर कुमार श्रेष्ठले जानकारी दिए ।

एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी

सिरी वा गुगल एसिस्टेन्टद्वारा सञ्चालित ह्यान्ड्स-फ्री भ्वाइस कमाण्डको माध्यमबाट चालकहरूले फोन समात्न नपरी कल गर्न, सन्देश पठाउन वा प्राप्त गर्न तथा मार्ग निर्देशन लिन सक्छन् । जसले हात स्टेयरिङमै र आँखा सडकतर्फ केन्द्रित राख्न सहयोग गरी सवारी अनुभवलाई उत्कृष्ट बनाउँछ ।

नयाँ सपोर्ट प्रणालीले परिचित स्मार्टफोन इन्टरफेसलाई सवारीसाधनको इनबिल्ट डिस्प्लेमा मिरर गर्छ, जहाँ ठूला, स्पष्ट आइकन र सहज लेआउटका कारण ड्राइभिङका क्रममा म्याप, स्पोटीफाइ र म्यासेज जस्ता आवश्यक एपहरू सजिलै प्रयोग गर्न सकिन्छ । सामान्य ब्लूटुथ कनेक्टिभिटीको तुलनामा कारप्लेले संगित र पोडकास्टका लागि उच्च ध्वनी गुणस्तर प्रदान गर्ने भएकाले इन–कार मनोरञ्जन अनुभव अझ समृद्ध हुन्छ ।

यसका साथै, गुगल म्याम्स, एप्पल म्याप्स वा वेज जस्ता एपमार्फत वास्तविक समयको नेभिगेसन र ट्राफिक अपडेट प्राप्त गर्न सकिन्छ भने कल र नोटिफिकेसनको सुरक्षित व्यवस्थापन पनि सम्भव हुन्छ । टचस्क्रीन, स्टीयरिङ ह्विलका बटन र इनबिल्ट माइक्रोफोन लगायत सवारीसाधनका विद्यमान कन्ट्रोलहरूसँग पूर्ण रूपमा एकीकृत भएकाले यो प्रणालीले सहज, एकीकृत र प्रयोगमैत्री ड्राइभिङ वातावरण प्रदान गर्छ ।

 


Back_to_top