काठमाडौं । मानिसहरुले एप्पलको आइफोन, आइप्याड र म्याकबुक चलाइराखेका छन् तर, अब बजारमा छिटै आउन लागेको एप्पलको सेल्फ ड्राइभिङ कार भने मानिसले चलाउन पाउने छैनन् ।
बिभिन्न मिडिया रिपोर्टका अनुसार एप्पलको ५५ वटा कार अमेरिकाको सडकमा चलिरहेको देख्न पाइन्छ । अन्तर्राष्ट्रिय मिडियाहरुले यो आंकडा क्यालिर्फोनिया मोटोर भेकल डिपार्टमेन्टबाट लिएर प्रकाशन गरेका हुन् । एप्पलसँग सन २०१८ को सुरुवातमा २७ ओटा कारहरु थिए ।
कम्पनीले सेल्फ ड्राइभिङ कार प्रोजेक्ट सन् २०१७ मा र्सिफ ३ ओटा कारहरुको साथबाट सुरु गरेको हो । कम्पनीले हालसम्म ५५ ओटा कार उद्पादन गर्न सफल भएको छ । कम्पनीले अहिले ८३ जना स्पेशल लाइसेन्सधारी ड्राइभर लिएर कारको परिक्षण गरिरहेको छ ।
यदि कम्पनीको यो योजना सफल हुँदै गयो भने सन् २०१९ मा एप्पलको सेल्फ ड्राइभिङ कारको मज्जा धेरैले लिनसक्ने अनुमान लगाउन सकिन्छ । यी कारहरुमा एप्पलले हाई-टेक रेडार, सेन्सर र क्यामेराको प्रयोग गरेको छ ।

