काठमाडौं । कार चढ्ने रहर भएका अधिकांश मानिससँग नयाँ कार किन्न पुग्ने रकम नहुन सक्छ । यस्तो अवस्थामा पुरानो कार खरिद गर्ने विकल्प मानिसको अगाडि आउँछ । तर, पुरानो कार खरिदगर्दा विभिन्न कुरामा ध्यान दिन आवश्यक छ ।
पुरानो कार किन्ने सोच बनाएकाहरुले सकेसम्म नयाँ मोडलको सेकेण्ड ह्यान्ड कार छान्नु पर्छ । डिलर, कम्पनीसँग सेकेण्ड ह्यान्ड कार खरिद गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु यस्ता छन्:
बजेटको निर्धारण
सेकेन्ड ह्यान्ड कार छनौट गर्नु पूर्व आफुसँग भएको बजेटको निर्धारण गर्नु पर्छ । कति मूल्यसम्मको कार खरिद गर्न चाहेको हो सो कुराको निर्धारण पश्चात् मात्र कार छनौट गर्नु उचित हुन्छ ।
मोडल छनौट
सेकेन्ड ह्यान्ड कार खरिद गर्नुपूर्व किन्न चाहेको कारको मोडले छनोट गर्नुपर्छ । इन्टरनेटको प्रयोगमार्फत आफ्नो बजेटको आधारमा खरिद गर्न चाहेको कारको विशेषता, प्रयोगबारे जानकारी लिन सकिन्छ । इन्टरनेटमा गाडीको स्पेसिफिकेशन्सको आाधारमा अन्य मोडलका कारसँग तुलना गर्न सकिन्छ ।
सर्टिफाइड कार खोज्नुस्
सर्टिफाइट पुराना मोडलका कार खरिद गर्ने योजनामा रहेका खरिदकर्ताले विशेषत कार कति किलोमिटरसम्म चलाइसकिएको छ, त्यसको अनिवार्य रुपमा निरीक्षण गर्नु पर्छ । यसका साथै सर्टिफाइड मोडल खरिदगर्दा अतिरिक्त वारेन्टी मिल्नुको साथै ओरिजीनल म्यानुफ्याक्चरको वारेन्टीसमेत पाउन सकिन्छ ।
लेनदेनको विकल्प
पुरानो कार खरिद गर्नको लागि व्यक्ति, डिलर वा इन्टरनेटको सहयोग लिन सकिन्छ । हिजोआज पुरानो गाडिको ट्रेडिंगको लागि इन्टरनेट उत्कृष्ट विकल्पको रुपमा मान्न सकिन्छ ।
गाडीको निरिक्षण स्वयंम गर्ने
कम्पनी वा डिलरको अलवा व्यक्तिबाट गाडी खरिद गर्न चाहानेहरुले मेकानिक वा स्वयंमले गाडीको निरिक्षण गर्नुपर्छ । विशेषत इन्जिनको स्थिति कारको बढि लाइन, टायरको अवस्था, ब्याट्रीको अवस्थाबारे चेकजाँच गर्नुपर्छ ।
टेस्ट ड्राइभ
कारको अवस्थाबारे बुझ्नको लागि कारको टेस्ट ड्राइभ अनिर्वाय गर्नुपर्छ ।
पेपर वर्क
कहिले काही आकर्षक मुल्यमा चोरी भएको कार बेचिएको हुन सक्छ । त्यसैले, सेडेण्ड ह्यान्ड कार खरिद गर्नु पूर्व पेपर डिल गर्नुपर्छ । पेपरवर्क जाँच गर्नको लागि रजिष्ट्रेशन बुक, बील अन्य काजपत्र हेर्नु पर्छ ।
नामसारी गर्ने
कार खरिद पश्चात कार आफ्नो नाममा नामसारी गर्नुपर्छ । यसको लागि आफै यातायात ब्यवस्था विभागमा उपस्थित भएर आवश्यक सबै प्रक्रिया पुरा गर्नु पर्छ ।
आफ्नो नाममा इन्स्योरेन्स गर्ने
सवारीसाधनको नामसारी पछि आफ्नो नाममा इन्योरेन्स पोलेसी किन्नु पर्छ । फस्ट ड्राइभ गर्नु पहिला कारको पूर्ण सर्भिसिङ गर्नु पर्छ । कारको इन्टिरियर तथा एक्सटीयर पूर्णरुपम सफा गर्नु पर्छ ।

