भारतमा एथर एपेक्स ४५० को बिक्री सुरु

काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी एथर इनर्जीले आफ्नो नयाँ फ्ल्यागसिप इलेक्ट्रीक स्कुटर एथर एपेक्स ४५० को डेलिभरि सुरु गरेको छ । कम्पनीले भारतीय बजारमा एथर एपेक्स ४५० स्कुटरको डेलिभरी सुरु गरेको हो ।

एपेक्स स्कुटर एथरको ‘४५० प्लेटफर्म’मा आधारित अन्तिम इलेक्ट्रीक स्कुटर समेत हुनसक्ने कम्पनीले जनाएको छ ।

यो स्कुटर कम्पनीले आफ्नो १० वर्ष पुरा भएको अवसरमा लिमिटेड एडिसनको रुपमा तयार गरेको स्कुटर हो । यसको भारतीय बजारमा १ लाख ८९ हजार रुपैयाँ (एक्स शोरुम) मूल्य राखिएको छ ।

नयाँ टेक्नोलोजी, नेगेटिभ थ्रोटल रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पुरा एलइडी लाइट, ट्रान्सपरेन्ट प्यानल, र्याप प्लस राइडिङ मोड र नयाँ कलर अप्सन यसको मुख्य विषेशता हुन् । जसले गर्दा स्कुटरको डिजाइन लुक्स निकै आकर्षक देखिन्छ । एथरको एपेक्स स्कुटरको पर्फमेन्समा पनि निकै राम्रो रहेको कम्पनीले बताएको छ ।

यसमा ७ किलोवाटको पीएमएस मोटर दिइएको छ । यस मोटरले २६ एनएमको पीक टर्क जेनेरेट गर्नेछ भने टप स्पीड १०० किलोमिटर प्रतिघण्टा पाउन सकिन्छ । एथरको अन्य स्कुटरको तुलनामा यसको पावर बढि रहेको छ । एपेक्सले मात्रै २.९ सेकेन्डमा ० देखि ४० किलोमिटरको स्पीड पुरा गर्ने छ ।


Back_to_top