काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४∕७५को ९ महिनामा सवारी साधन अयातबाट ५२ अर्ब ६७ करोड राजश्व संकलन गरेको छ ।
सरकारले चालुआर्थिक बर्षको ९ महिनामा आयात भएको ५० अर्ब २ करोड मूल्य बराबरको सवारी साधनबाट ५२ अर्ब ६७ करोड रुपैयाँ राजश्व संकलन गरेको हो ।
बिभिन्न कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १६ अर्ब १ करोड रुपैयाँको मोटरसाइकल आयात गरेका छन् । उक्त परिणामको आयातबाट भने राज्यले १६ अर्ब ४७ करोड राजश्व उठाएको छ ।
त्यस्तै, २ अर्ब ३३ करोड मूल्य बराबरको बस, माइक्रोबस, मिनीबस आयातमा १ अर्ब ६३ करोड रुपैयाँ सरकारले राजश्व संकलन गरेको छ ।
नौ महिनामा १ अर्ब ३२ करोड मुल्य बरबरको तीन पाङ्ग्रे सवारी साधन आयात गरिएको छ । उक्त परिमाणको आयातमा सरकरले राजस्व भने १ अर्ब ६४ करोड रुपैयाँ संकलन गरेको छ ।
सबैभन्दा धेरै राजस्व जिप, कार भ्यानबाट संकलन भएको छ । नौ महिनामा ११ अर्ब १८ करोड रुपैयाँ बराबरको जिपकार भ्यान आयात भएकोमा सरकारी राजस्व भने २३ अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ ।
चालु आबको नौ महिनामा ट्याक्टरको अयातपनि निकै धेरै रहेको छ । ७ अर्ब ६२ करोडको ट्याक्टर आयात भएकोमा त्यसबाट १ अर्ब ३ करोड राजश्व संलकन गरेको छ । ट्याक्टरलाई कृषि औजारमा राखिएकाले त्यसमा कम राजस्व संकलन भएको हो ।
त्यसैगरि १० अर्ब १२ करोड रुपैयाँ बरबरको ट्रक लगाएत मालसामान ओसार गर्ने सवारी साधन आयात भएको छ । यसमापनि सरकारले ८० प्रतिशतसम्म मात्रै भन्सार दर लागुगरेकाले ८ अर्ब २१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
निर्माण उद्योग अन्र्तगतको हेबी इक्वमेन्टको आयात नौ महिनामा ४३ करोड ४ लाख रुपैयाँ बराबरको भएको छ । हेभी इक्युपमेन्ट आयात वापत ८ करोड ९३ लाख राजस्व संकलन भएको छ । साथै, ९६ करोड ८६ लाख मूल्यको साइकल आयात हुँदा सरकारले १७ करोड ३५ लाख राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा भातर–चीन लगायतका देशबाट १२ अर्ब ३१ करोड मूल्य बराबरको स्पेयर पार्टस आयात भएको छ । उक्त परिणामको अयातमा सरकारले ५ अर्ब २४ करोड रुपैयाँ राजश्व उठाएको छ ।
देशको कुल भन्सार राजस्वमा स्पेयर पार्टस तथा नयाँ सवारी साधनको आयतमा लागेको भन्सारमा सवारी साधनको योगदान २६.७ प्रतिशत रहेको छ ।
यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ ।

