यसरी हुँदैछ काठमाडौंमा दोस्रो ‘मोटो फ्ल्याट ट्रयाक’ रेश

काठमाडौं । नेपालमा रहेका बाइक पारखीहरुको लागि दोस्रो मोटो फ्ल्याट ट्रयाक रेश हुने भएको छ । आगामी जेष्ठ १२ गते शनिबार गोठाटारको एयरपोर्ट मैदानमा विहान १० बजेदेखि यो प्रतिस्पर्धा आयोजना हुने छ । 

१५० सीसीदेखि २०० सीसीसम्मको नेकेड बाइकले यो रेशमा भाग लिन पाउने छन् । मोटर स्पोर्टस नेपालको आयोजना तथा नेपाल मोटरसाइकल फेडरेशनको सहकार्यमा हुन लागेको यो कार्यक्रमलाई नेपाल अटोमावाईल एसोशियसन (नाशा) को समेत साथ रहेको छ । 

आयोजकका अनुसार ५० जनासम्मकाे सहभागी रहने यो रेश ४/४ जनाको समूहमा कम्पिटिसन गराइने छ । रेसिङ्ग गियर लगाएर मात्र यो रेशमा भागलिन पाउने नियम रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई २५ हजार तथा तेस्रो हुनेलाई १५ हजार नगद पूरस्कार प्रदान गरिनेछ । साथै विभिन्न तीन समूहमा बेस्ट राईडरको लागि विशेष गिफ्टह्याम्पर, सर्टीफीकेट तथा मेडलको व्यबस्था रहेको जानकारी मोटर स्पोर्टस नेपालका अध्यक्ष विनोद तन्डुकारले मेरोअटोलाई दिए ।  

यस कार्यक्रमको टाईटल स्पोन्सर जगदम्बा मोटर्सको टीभीएस अपाच्चे रहेको छ । टीभीएसको अपाच्चे सधै मोटर स्पोर्टसलाई सपोर्ट गर्ने ब्राण्ड हो । भारतमा पनि रेसीङ्ग सर्किटहरुमा यसको विशेष उपस्थिति रहने गरेको छ । 

नेपालमा हुने हरेक मोटर स्पोर्टस् इभेन्टलाई सहयोग गदै आएको टीभीएसले नेपालमा रेसीङ्ग ट्रयाकनै बनाउने योजना गरिरहेको जगदम्बा मोटर्सका मार्केटीङ्ग मेनेजर बिक्रम पौडेलले जानकारी दिए । 


Back_to_top