घर वा कार पहिला के किन्ने, यसरी गर्नुस् स्मार्ट निर्णय

काठमाडौं । मानिसका आवश्यकता असीमित हुन्छन्, तर ती असीमित आवश्यकताकाबीच पनि घर र कार धेरै मानिसको सपना हुने गर्छ । अझ नेपालमा त पछिल्ला दिनमा घर वा कार पहिला के भन्ने विषय मध्यमवर्गीय परिवारमा जोडतोडले चल्ने गरेको छ । साथै, अन्योलता पनि त्यतिकै भेटिन्छ ।

लगानीको हिसाबले हेर्ने हो भने भविष्यमा मूल्यवृद्धिसँगै घरमा गरिएको लगानीले उच्चतम प्रतिफल दिनसक्छ । तर, तपाईं प्रोफेशनल क्यारियरमा हुनुहुन्छ भने डिप्रिसेशन नै हुने भए पनि कारको आवश्यकता धेरै हुनसक्छ । त्यसैले पहिला कुन किन्ने भन्ने विषय निकै पेचिलो बन्नसक्छ ।

कारको रिपियरमा धेरै लागत लाग्ने अवस्था आयो र तपाईंले घरसमेत जोडिसकेको खण्डमा पुनः फाइनान्सको व्यवस्था गरेर नयाँ कार लिन उपयुक्त हुन्छ ।

तलको केही प्रश्न हेरौं :

-तपाईंसँग ४० लाख रुपैयाँ छ ?

-कुनै पुरानो कार १० लाख रुपैयाँमा आउँछ ?

-तपाई ऋणमा कार किन्न चाहानुहुन्छ ?

-तपाईं भाडाको घरमा बस्दैआउनुभएको छ ?

-तपाईं २५ लाखभन्दा सस्तो कार किन्न खोज्दै हुनुहुन्छ ?

-तपाईं पहिलोपटक घर किन्न खोज्दै हुनुहुन्छ ?

-तपाईंले किन्ने घर १ करोड रुपैयाँ हाराहारीको हो ?

-त्यसमा कति प्रतिशत डाउनपेमेन्ट गर्ने विचार गर्नुभएको छ ?

यी प्रश्नहरूको उत्तर दिनुभयो भने तपाईं आफैँ निर्णय गर्न सक्नुहुनेछ, पहिला के किन्ने ? आफ्नो आर्थिक क्षमताले के खरिदगर्न भ्याउँछ ।

अब केही तथ्यगत कुरा गरौं । तपाईंले किन्ने कारले तपाईंको उत्पादकत्व कति बढाउँछ ? त्यसलाई मासिकरुपमा कति खर्च गर्नुपर्छ ? जस्ता विषयले तपाईंको निर्णय के हुने भन्ने निचोड निकाल्छ । यदि तपाईंको कारको खर्च तपाईंको आम्दानीभन्दा बढी आयो भने तपाईंलाई कार किन्नु भारी पर्न सक्छ ।

यदि तपाईंले तिर्दैआउनुभएको मासिक भाडामा घर किनेपछि निकै ठूलो वचत हुने अवस्था छ भने तपाईं पहिला घर किन्नु उपयुक्त हुन्छ । अन्यथा बीमा, करलगायतका खर्च जोड्दा तपाईं बसेकोभन्दा निकै महंगो भयो भने तपाईंको घर किन्ने निर्णय उल्टो पर्न सक्छ ।

तपाईंले सुरुमा घर किन्ने निर्णय गर्नुभयो भने अबको कति समयपछि कार किन्न सकिन्छ भन्ने प्लान गर्नु जरुरी हुन्छ । त्यसका लागि आवश्यक डाउनपेमेन्टको व्यवस्था हुन जरुरी छ ।

यदि कुनै घर किन्ने अचानक प्रस्ताव तपाईंलाई आयो भने त्यस क्षेत्रमा कति मूल्यमा घर किनबेच भइरहेको छ । मूल्य बढ्दो वा घट्दो कुन ट्रेन्डमा रहेको छ, त्यो पनि हेर्नुपर्छ । यदि घरमा गरिएको लगानीमा डिप्रिसिएट हुने अवस्था आयो भने तपाईंको निर्णय खराब हुनसक्छ ।

यी सबै कुरा विचार गरेर पनि तपाईं घर किन्ने निचोडमा पुग्नुभयो भने तपाईंले पुरानो कार र नयाँ घर किन्नु उपयुक्त हुन्छ । त्यसपछि तपाईंको आम्दानीअनुसार निश्चित समयपछि नयाँ कार किन्नु उपयुक्त हुन्छ ।

कारको रिपियरमा धेरै लागत लाग्ने अवस्था आयो र तपाईंले घरसमेत जोडिसकेको खण्डमा पुनः फाइनान्सको व्यवस्था गरेर नयाँ कार लिन उपयुक्त हुन्छ ।

अन्त्यमा सुरुवाति २ वर्षमा पहिला घर किन्ने निर्णय धेरैका लागि स्मार्ट हुनसक्छ । तर, पूर्ण प्रोफेशनल जीवनमा रहेका मानिसले घर वा कार रोज्नुपर्यो भने आफ्नो आवश्यकतालाई छुट्याउन सक्नुपर्छ । माथि भनिएका कुराअनुसार तपाईंको आवश्यकता के हो त्यहीअनुसार निर्णय लिनु उपयुक्त हुन्छ ।


Back_to_top