काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा साना सार्वजनिक सवारी साधनको दर्ता खुलाउने भएको छ ।
प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
‘आवश्यकता अनुसार उपत्यकामा साना सार्वजनिक सवारी साधन दर्ता खुला गरिने व्यवस्था मिलाइने छ,’ बजेट वक्तव्यमा भनिएको छ ।
यससँगै लामो समयदेखि रोकिएको साना सार्वजनिक सवारीको नयाँ दर्ता सरकारले फेरि निश्चित मापदण्डका आधारमा खुलाउने देखिन्छ ।
साना कुन कुन सवारीको दर्ता खुलाउने स्पष्ट विवरण आइसकेको छैन । तर, विद्युतीय माइक्रोबस, विद्युतीय टेम्पो, भ्यान, ट्याक्सी लगायत साना सार्वजनिक सवारीको दर्ता खुलाउन सक्ने देखिन्छ ।


