काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ अफर सार्वजनिक गरेको छ । बजाजले एक्सचेन्जमा थप मूल्याङकन तथा विना व्याजमा मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।
यो योजना अन्र्तगत कुनै पनि कम्पनीको पुराना मोटरसाइकल तथा स्कुटरसँग बजाजको नयाँ मोटरसाइकल खरिद गर्दा बजार पुरानो मोटरसाइकलको बजार मूल्य भन्दा १५ हजार थप मूल्याङकन पाइन्छ । त्यसैगरि फाइनान्स सुबिधामा मोटरसाइक खरिद गर्न चाहाने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा कुनैपनि व्याज लाग्ने छैन् । यो स्कीममा ग्राहकले १८ महिना भित्र बाकि रकम बुझाउनु पर्ने हुन्छ ।
त्यस्तै नगदमा मोटरसाइकल खरिद गर्न चाहाने ग्राहकले नगद ा१० हजार रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । यो स्कीम अन्र्तगत ग्राहकले मोटरसाइकल एशोसरिज निशुल्क प्राप्त गर्नेछन् ।
यो योजना ठिमि, कुमारिपाटी, ग्वार्को, सतुंगल, महाराजगंज र बौद्धको शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो यो योजना श्रावण ३ गतेदेखि सुरु भएको थियो भने श्रावण ८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
बजाजले प्लाटीना, डिस्कभर, बजाज पल्सर १२५, १५०, २२०, एनएस १६०, एनएस २००, डोमिना ४०० र डोमिनार २५० र डोमिनार २५० विक्री गर्दै आएको छ ।

