माइक्रो एसयूभी डिजाइनको इलेक्ट्रीक कार नेपालमा, मूल्य १८ लाख हाराहारी

काठमाडौं । हुवावे कम्पनीले उत्पादन गरेको इलेक्ट्रीक कार नेपाल आएको छ । यातायात व्यवस्था विभागबाट रोड वर्दिनेस टेष्ट पुरा गरेको ‘हुवावे भिएन २’ चाँडै नेपालमा विक्री सुरु हुने बताइएको छ ।

निकै आकर्षक देखिएको हुवावे भिएन २ को लम्बाई ३५०० एमएम, चौडाई १५०० एमएम र उचाई १५४० एमएम रहेको छ । यसमा २३४५ एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

आयातकर्ता कम्पनीले आफैँ यसको सडक परिक्षण गरिरहेको जनाएको छ । विशेषत सहरी क्षेत्रमा कार चाहने ग्राहकलाई लक्षित गरेर नेपाल ल्याइएको हुवावेको यो सानो कार देख्दा निकै आकर्षक देखिन्छ । यसमा रहेको मोटर, व्याट्री क्षमता लगायतका विषयमा आयातकर्ताले कुनै जानकारी दिएको छैन ।

चिनियाँ अनलाइन साइटहरुका अनुसार भने यसमा ७.८ किलोवाट आवरको व्याट्री र ५ किलोवाट रेटेड पावर क्षमताको मोटर जडान भएको छ । यसलाई एक पटकको फुल चार्जमा ११० किलोमिटर गुडाउन सकिन्छ । आयातकर्ताले भने यसको नेपाली सडकमा परिक्षण सम्पन्न भएपछि मात्रै विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।

कारमा १४ इन्चको आल्मुनियम अलोय ह्वील, एलइडी डेटाइम रनिङ लाइट, एलइडी वाटर फलिङ स्ट्रीट लाइट, स्पेयर व्याट्री, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर रहेको उल्लेख छ । यसको मूल्य नेपाली बजारमा १८ लाख हाराहारी रहने बताइएको छ ।


Back_to_top