बजाजको नयाँ पल्सर २२० एफको मूल्य सार्वजनिक, नेपालमा कहिले ?

बजाज मोटरसाईकलले आफ्नो पल्सर सिरिज अन्तर्गतको २२० एफलाई नयाँ ग्रफिक्स र सुरक्षा फिचर थप गरेर भारतीय बजारमा आगामी महिनाबाट बिक्री सुरु गर्न लागेको छ । 

अटोकार इन्डियाको अनुसार उक्त नयाँ बाइकको भारतीय बजारमा एक्स शोरुम (पुने) मूल्य १ लाख ५ हजार २५४ रुपैयाँ निर्धारण गरिएको छ । जुन कम्पनीको स्टायडर्ड मोडलको पल्सर २२० एफको भन्दा ७ हजार ६०० भारतीय रुपैयाँले बढी हो । 

नेपाली बजारमा बिक्री वितरण हुँदै आएको बजाज २२० एफको मूल्य ३ लाख ११ हजार ९०० रुपैयाँ रहेको छ । यदि नयाँ बाइक नेपाली बजारमा आउने हो भने यसको मूल्य करिब ३ लाख ३५ हजारदेखि ३ लाख ४० हजारको बीचमा कायम हुने अनुमान गर्न सकिन्छ । 

नयाँ बाइकमा सिंगल–च्यानल एबीएस दिइएको छ भने, सुरक्षाका लागि रियर लिफ्ट–अफ प्रोटेक्सन दिइएको छ । यसमा ग्राफिक तथा इन्जिन नयाँ प्रयोग गरिएको कम्पनीले यसअघि नै जानकारी दिएको छ । 

नयाँ बाइक क्रोम ब्ल्याक, लेसर ब्ल्याक, डिनो रेड र न्यूक्लियर व्ल्यू गरी चार कलर अप्सन दिइएको छ । २२० सीसी, आयल–कुल्ड इन्जिन दिइएको छ । जसले २१ बीएचपी पावर र १९ एनएम टर्क उत्पादन गर्छ । 

यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ । त्यस्तै, यस बाइकको फ्रन्टमा २६० एमएम डिस्क ब्रेक र रियरमा २३० एमएम डिस्क ब्रेक दिइएको छ ।

नेपालमा कहिले ?

नेपाली बजारमा पल्सर २२० एफको नयाँ भेरियन्ट मार्चको अन्तिम तथा अप्रिलको पहिलो हप्तासम्ममा आउने अनुमान गरिएको छ । हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बजाजका मोटरसाइकल सर्वाधिक बिक्री हुने बाइक मध्यमा पर्छ ।


Back_to_top