काठमाडौं । बजाज पल्सर २२० एफ नेपाली बजारमा चर्चित र सफल मोटरसाइकल हो । पहाडी भेगका ग्राहकले पल्सर २२० लाई अझै धेरै विश्वसनीय मोटरसाइकल मान्ने गरेका छन् । कम्पनीले ल्याएकाे नयाँ अफरमा मासिक ९ हजार ४२७ रुपैयाँ किस्तादेखि नै किन्न सकिन्छ ।
पावर, डिजाइन र कम्र्फट यसको सफलताको मुख्य राज मान्ने गरिन्छ । यी तीन वटै कुरा युवाहरुको रोजाईमा पर्ने भएकाले पल्सर २२० नेपालमा सफल भएको हो ।
हंशराज हुलास चन्द एण्ड कम्पनीले केही समय अघि बजारमा एबीएससहितको पल्सर २२० एफ ल्याएको थियो । एबीएस सहितको पल्सर २२० लकडाउन सुरु हुनु केही दिनअघि मात्रै नेपाल आएको थियो ।
सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ ।
यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।
यस मोटरसाइकलको टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ ।
१५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।
नेपाली बजारमा एबीएस भर्सनको मूल्य ३ लाख ३२ हजार ९०० रहेको छ ।
नगद छुट
ग्राहकले पहिला जस्तै ४० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा नगद १२ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । छुटपछिको मूल्य ३ लाख २० हजार ९०० रुपैयाँ हुन्छ ।
यो मूल्यको ४० प्रतिशतले हुन आउने १ लाख २८ हजार ३६० रुपैयाँ ग्राहकले सुरुमा डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी रकमको १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ । यसमा ग्राहकले इन्स्योरेन्स र फाइनान्स चार्ज सुरुमै तिर्नु पर्ने हुन्छ । यसको मासिक किस्ता बारे बुझ्नका लागि यहाँ क्लिक गनुहोस् ।
२० प्रतिशत डाउन पेमेन्ट
यो योजना अन्तर्गत न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट गरेर पल्सर २२० एफ एबीएस खरिद गर्न सकिने छ । ६६ हजार ५८० रुपैयाँ बुझाएर २२० एफ किन्दा बाँकी रकम २ बर्ष भित्र बुझाउनु पर्ने हुन्छ । यस योजनामा मोटरसाइकल किन्नेले १६ प्रतिशत व्याज तिर्नु पर्ने छ । यो योजनामा २२० एफ खरिद गर्दा लाग्ने मासिक किस्ता थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।
शून्य प्रतिशत व्याजदर
बजाजले अफर गरेको अर्को योजना हो शून्य प्रतिशत व्याजदर । यो स्किममा मोटरसाइकल खरिदगर्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।
५० प्रतिशत डाउन पेमेन्ट गर्दा ग्राहकले १ लाख ६६ हजार ४५० रुपैयाँ सुरुमा बुझाउनु पर्नेछ । बाँकी रकम एक वर्षमा चुक्ता गरिसक्नु पर्ने हुन्छ । कर्जा वापतको रकममा कुनै व्याज लाग्ने छैन । यसको मासिक किस्ता बारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।


