काठमाडौं । डिएसएफके मोटर्सको उत्पादन ग्लोरी ५६० नेपाल आउने भएको छ । यसअघि कम्पनीको ग्लोरी ५८० नेपाली बजारमा बिक्री वितरण हुँदै आएको थियो ।
नेपालको लागि डिएसएफकेको आधिकारीक वितरक कोजु इन्टरनेशनलले ग्लोरी ५६० नेपाल ल्याउन लागेको हो ।
कम्पनीले यसमा १.५ लिटर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५० पीएस पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्ने छ ।
यो गाडीमा ग्लोरी ५८० मा रहेको अधिकांश फिचरहरु रहेको कम्पनीले जानकारी दिएको छ । यो गाडीमा ५ जनाले सहज यात्रा गर्न सक्ने छन् ।
यसको इन्टेरियरमा एलइडी लाइटको प्रयोग गरिएको छ । ७ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, पछाडिको क्यामेरा, सेन्सर जस्ता आधुनिक फिचर यसमा पाउन सकिने छ ।
सुरक्षाको लागि एबीएस, इबीडी, स्टेविलिटी कन्ट्रोल, इमेर्जेन्सी ब्रेकिङ सिस्टम जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।
जुनको अन्तिमसम्ममा नेपाली बजारमा बिक्री वितरण गर्ने तयारीका साथ ल्याउन लागिएको यो एसयूभीको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


