केही दिन भित्रै टाटा अल्ट्रोजको बिक्री सुरु हुने, सुरुवाति मूल्य ३२ लाख ५० हजार

काठमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले केही दिन भित्रै आफ्नो प्रिमियम ह्याचव्याक कार अल्ट्रोज नेपालमा बिक्री सुरु गर्ने भएको छ ।

विभिन्न तीन भेरियन्टमा नेपाल आउन लागेको टाटा अल्ट्रोजको सुरुवाति मूल्य ३२ लाख ५० हजार रुपैयाँ निर्धारण गर्ने तयारी गरेको कमपनी स्रोतले जनाएको छ । कम्पनीको सुरुवाति भेरियन्ट एक्सटी हुने छ ।

त्यसैगरि मिड भेरियन्टको रुपमा एक्सजेड र टप भेरियन्टको रुपमा एक्सजेड (अप्सनल) नेपाली बजारमा बिक्री गर्ने सिप्रदीले योजना बनाएको छ । सिप्रदीले सबैभन्दा सुरक्षीत प्रिमियम ह्याचव्याक कारभन्दै यसको टिजरहरु सोसल मिडियामा राख्न सुरु गरिसकेको छ ।

कम्पनीले अल्ट्रोज एक्सजेडको मूल्य ३४ लाख ५० हजार र एक्सजेड (अप्सनल)को मूल्य ३७ लाख ५० हजार निर्धारण गर्ने भएको हो ।

कम्पनीले ल्याउने उक्त ह्याचव्याक कारले मारुती सुजुकी बलेनो र हुन्डाई इलाइट आई २० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

निकै आरामदायी, ठूलो स्पेश, विशिष्ट फिचर तथा ठूला कारको जस्तै पर्फर्मेन्स रहने दाबी गरिएको अल्ट्रोज कम्पनीले आफ्नो नयाँ अल्फा प्लाटफर्ममा निर्माण गरेको हो ।

अल्ट्रोजको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट र डे टाइम रनिंग लाइटको फिचर यसमा उपलब्ध रहेको छ । कारमा अल ब्ल्याक ड्याशबोर्ड र ३४१ लिटरको बुटस्पेश रहेको छ ।

१७ इन्च अलोय ह्वील लगाइएको अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ ।

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।


Back_to_top