फ्रान्सेली कम्पनीको नयाँ इलेक्ट्रीक कार नेपाल आउने, कति पर्ला मूल्य

काठमाडौं । फ्रान्सेली अटो मेकर प्यूजोको नयाँ इलेक्ट्रीक कार २००८ नेपाल आउने भएको छ । लकडाउनको कारण गत फेब्रुअरीदेखि नै फ्रान्समा कोभिड १९ को कारण उत्पादन बन्द भएकाले अप्रिलसम्ममा नेपाल ल्याउने तयारी भएको यो कार अझै नेपाल आउन सकेको छै ।

नेपालको लागि प्यूजोको आधिकारीक वितरक साङ्ग्रीला मोटर्सले प्यूजो २००८ इलेक्ट्रीक नेपाल ल्याउन लागेको हो ।

प्यूजोले आफ्नो इन्ट्री लेवल एसयूभीलाई नयँ जेनेरेसन मोडल पेट्रोल, डिजलसहित इलेक्ट्रीक भर्सनमा समेत बजारमा ल्याउने भएको हो ।
प्यूजोले सन् २०२३ बाट आफ्नो सबै गाडीमा इलेक्ट्रीक अप्सन समेत उपलब्ध रहने जनाएको छ ।

प्यूजो २००८ इलेक्ट्रीकमा रहेको १०० किलोवाटको मोटरले १२३ बीएच पावर प्रदान गर्ने जनाइएको छ । यसमा दिइने ५० किलोवाट आवरको व्याट्रीले फुल चार्जमा ३१० किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।

यसमा रहेको व्याट्रीलाई फास्ट चार्जरबाट चार्जगर्दा ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । घरायसी चार्जरले पूरा चार्ज गर्नका लागि ८ घण्टासम्म लाग्नेछ ।

यो कारको अनुमानित मूल्य ३० हजारदेखि ३५ हजार डलरको बीचमा रहने अनुमान गरिएको छ । यस हिसावले हेर्दा यसअघिको नेपाल सरकारको करका दर अनुसार ५० देखि ६५ लाख हाराहारीमा नेपालमा आउन सक्ने थियो ।

तर, सरकारले बढाएको करको कारण यो कार नेपाल आउदा १ करोडदेखि १ करोड ४० लाखसम्म पर्ने अनुमान गरिएको छ ।


Back_to_top