काठमाडौं । बजाज पल्सर २५० को नयाँ एडिशन सार्वजनिक हुने भएको छ । बजाज अटोले बजाज अटोले पल्सर २५० को नेकेड भर्सनको इक्लिप्स एडिशन सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले एक टीजर सार्वजनिक गर्दै डार्क एडिशन आउने जनाएको हो ।
बजाज अटोले गत अक्टोवरमा सार्वजनिक गरेको पल्सर २५० सिरिजले राम्रो १० हजार यूनिट विक्री भइसकेको छ । कम्पनीले पल्सर एन २५० र एफ २५० तीन कलर अप्सनमा सार्वजनिक गरेको थियो । योसँगै कम्पनीले नयाँ इक्लिप्स एडिशन ल्याउने घोषणा गरेको हो ।
कम्पनीले जारी गरेको टीजरमा एन २५० लाई देखाइएको छ भने एफ २५० को समेत इक्लिप्स एडिशन सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
बजाज पल्सर २५० को इक्लिप्स एडिशनमा कलरका अलावा अन्य परिवर्तन नहुने अनुमान गरिएको छ ।
पल्सर २५० सिरिजमा २४९.७ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २४.१ पीएस पावर तथा २१.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
बजाजको नेपालको लागि आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले पल्सर २५० सिरिज अहिलेसम्म नेपाल ल्याएको छैन ।


