‘न इलेक्ट्री, न कम्बस्चन’ बाटो अनुसारको गाडी किनौं

काठमाडौं । नेपाल यस्तो देश बनेको छ जहाँ, सरकारी अनुदान बिना पनि विद्युतीय कार धेरै विक्री हुन्छ । अझ भनौं, सरकारी उपेक्षाको बाबजुद नेपालमा विद्युतीय कार विक्री हुँदै आएको छ । विद्युतीय कार किन्ने निर्णय गर्नु पहिले मानिसले यसमा रहेको फिचर र न्यून राजस्व दर हेर्ने गरेको पाइन्छ ।

करिब ५ हजार डलरमा किनेर नेपाल ल्याएको कम्बस्चन इन्जिन भएको कारको मूल्य कर लगायतका खर्च जोड्दा २० हजार डलर हाराहारी पर्छ । तर, २० हजार डलर तिरेर ल्याएको विद्युतीय गाडीको मूल्य ३० हजार डलर आसपास पर्छ । त्यसैले धेरै मानिसले प्रश्न प्रतिप्रश्नभन्दा पनि टेक्नोलोजी र फिचरको कारण विद्युतीय कार किनेको बताउने गरेका छन् ।

सन् २०१९ बाट नेपालमा विद्युतीय गाडीको विक्री बढेको तथ्यांक पाउन सकिन्छ । यसबीचमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडी आयात भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा करिब १६०० यूनिट विद्युतीय कार आयात भएको देखिन्छ । विद्युतीय गाडीको विक्री यसरी बढ्नुमा धेरै हदसम्म गाडीमा प्रयोग भएको टेक्नोलोजी र फिचर नै मुख्य कारण हो ।

अब, नेपालमा विद्युतीय गाडी कि पेट्रोलबाट चल्ने गाडी भन्ने वहसको आवश्यकता र औचित्य छैनभन्दा हुन्छ । किनकी धेरै मानिसले विद्युतीय गाडीको टेष्ट ड्राइभ गर्न सक्ने भएका छन् । टेष्ट ड्राइभपछि आफ्नो आवश्यकता र रोजाइमा ईभी पर्छ वा पर्दैन भन्ने उसले निर्णय लिनसक्छ । यति भन्दै गर्दा अहिल्यै नेपालमा कम्बस्चन गाडीको युग समाप्त हुन लागेको हो र ? भन्ने जिज्ञासा धेरैको मनमा आउन सक्छ । यो जिज्ञासालाई मेटाउन केही वस्तुगत सत्यतासँग नजिक बन्न सक्नुपर्छ ।

अहिले सर्वोच्च अदालतले सरकारको नाममा विद्युतीय गाडीमा कर नलाउन परमादेश जारी गरेसँगै इलेक्ट्रीक गाडीको चर्चा थप बढेको छ । जेठ १५ गते सरकारले कर बढाउँदा यस्तै चर्चा पाएको थियो । तथापि, सरकारले भोलिका दिनमा लिने नीतिले विद्युतीय गाडीको भविष्य निर्धारण हुन्छ ।

पहिलो विषय, विद्युतीय गाडीको डिजाइनसँग जोडिएर आउँछ । यसको बनोट अहिलेसम्म अर्वान मोबिलिटी (सहरी क्षेत्रको यातायात) को रूपमा मात्रै भएको देखिन्छ । यसको बनोट, ग्राउन्ड क्लियरेन्स, बडी डिजाइन र सुरक्षाको हिसाबले विद्युतीय गाडी पहाडी बाटो सुहाउँदो देखिँदैन । नेपाल जस्तो १७ प्रतिशत मात्रै समथर भूभाग भएको र थोरै स्थानमा मात्रै सहरी करण भएको ठाउँमा ईभी पूर्णतः ठीक छ भन्न मिल्दैन ।

कम ग्राउन्ड क्लियरेन्सको कारण यसलाई समान्य खाल्डाखुल्डीमा पनि चलाउन मुस्किल पर्छ । त्यसैले सहरी क्षेत्र र हाइवेभन्दा बाहिर यसलाई चलाउन सहज छैन । विस्तारै यसको विकल्पमा प्रदूषणरहित गाडी चाहिँदा कम्पनीहरू हाइड्रोजन फ्यूलसेलबाट चल्ने गाडी उत्पादनमा लागेको देखिन्छ । विश्वका ठूला उत्पादकहरू हाइड्रोजन फ्यूलसेलमा पनि तीव्र गतिमा काम गरिरहेका छन् । उनिहरूले पाइलट प्रोजेक्टको रूपमा यसलाई उत्पादन र विक्री वितरण गर्दै आएको कारण चाँडै यसको विकास हुने देखिन्छ ।

दोस्रो विषय, बिजुली र पेट्रोलियम पदार्थ मध्ये हाम्रो प्रतिस्पर्धी क्षमता बिजुलीमा छ । पेट्रोलियम पदार्थ आयातमा जुन किसिमको रकम नेपालले खर्च गरिरहेको छ त्यो हाम्रो अर्थतन्त्रले थेग्नै नसक्ने अवस्थामा पुगेको छ । यसको प्रयोग घटाउन विद्युतीय सवारीसाधन चलाउनुको विकल्प छैन । बिजुलीमा हामी अत्मनिर्भर हुनै लागेको समयमा राति १२ बजेदेखि ४ बजेसम्मको बिजुलीलाई गाडी चार्जमा उपभाेग गर्न सक्ने हो भने हाम्रो अर्थतन्त्रमा यसको ठूलो योगदान पुग्छ । स्पेयर पार्टस्, सर्भिसिङ, लुब्रिकेन्ट जस्ता वस्तुको उपभोग घट्दा देश बाहिर पैसासमेत जान रोकिन्छ ।

जहाँसम्म कम्बस्चन इन्जिन भएका गाडीको आयात कम गर्ने विषय छ, त्यो आफैं विस्तारै ग्राहकको रोजाइबाट बाहिर जान्छ । त्योभन्दा पहिला नेपालका सडक सुहाउँदा विद्युतीय र हाइड्रोजन फ्यूलसेल गाडी आउनु पर्छ । सँगसँगै गाडीमा प्रयोग भएका ब्याट्री लगायतका हानिकारक वस्तुको व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ ।

अहिले सर्वोच्च अदालतले सरकारको नाममा विद्युतीय गाडीमा कर नलाउन परमादेश जारी गरेसँगै इलेक्ट्रीक गाडीको चर्चा थप बढेको छ । जेठ १५ गते सरकारले कर बढाउँदा यस्तै चर्चा पाएको थियो । तथापि, सरकारले भोलिका दिनमा लिने नीतिले विद्युतीय गाडीको भविष्य निर्धारण हुन्छ ।

विद्युतीय गाडी नयाँ टेक्नोलोजी भएकै कारण उत्पादकदेखि उपभोक्तासम्म यसको आयु लगायतका विषयमा अझै अनभिज्ञ छन् । यसका असीमित फाइदा होलान्, तर यी गाडी चलाउन मिल्ने सडक नेपालमा बनेको छ त ? भन्ने प्रश्न जोडदार रूपमा अगाडि आउँछ । यसको उत्तर भने कसले दिन्छ ? यसको उत्तर दिने स्थानमा सरकार बाहेक अरू छैनन् । त्यसैले विद्युतीय गाडी मैत्री सरकार बन्नुपर्छ ।

जहाँसम्म कम्बस्चन इन्जिन भएका गाडीको आयात कम गर्ने विषय छ, त्यो आफैं विस्तारै ग्राहकको रोजाइबाट बाहिर जान्छ । त्योभन्दा पहिला नेपालका सडक सुहाउँदा विद्युतीय र हाइड्रोजन फ्यूलसेल गाडी आउनु पर्छ । सँगसँगै गाडीमा प्रयोग भएका ब्याट्री लगायतका हानिकारक वस्तुको व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ ।

त्यसैले गाडी किन्ने मानिसले आफ्नो आवश्यकता कस्तो गाडी हो ? दैनिक कति यात्रा गर्नुपर्छ ? यात्रा गर्ने सडकको अवस्था कस्तो छ ? यतिसम्म कि तपाईंको ग्यारेज कस्तो छ ? भन्ने विषय बुझेर गाडी छनोट गर्नु पर्ने हुन्छ ।

विद्युतीय गाडीको विकल्पमा अहिले विश्वमा जसरी प्रतिस्पर्धा भइरहेको छ । त्यसको ठीक उल्टो नेपालमा सरकारी तवरबाट उपेक्षामा परेको देखिन्छ । यसलाई सुधार गर्दै जाने बाटो विद्युतीय वा हाइड्रोजन फ्यूलसेल नै हो । त्यसमा सरकारले नै अग्रणी भूमिका निर्वाह गर्नुपर्छ ।

 


Back_to_top