मेयर बालेनको घोषणाः ‘रिभर्स बोरिङ’सहितको अन्डर ग्राउन्ड पार्किङ निर्माण गर्ने

काठमाडौं । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले अन्डर ग्राउन्ड पार्किङ निर्माण गर्ने घोषणा गरेका छन् ।

महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले खुल्ला मन्चसँगैको खाली जमिनमा रिभर्स बोरिङ सिस्टम सहितको अन्डर ग्राउन्ड पार्किङ निर्माण गर्ने घोषणा गरेका हुन् ।

उनले काठमाडौंमा पार्किङ गर्न मिल्ने स्थानको छनोट गर्न एक उच्चस्तरिय विज्ञ टोली गठन गरी पार्किङ स्थल प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई दिने पनि महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।


Back_to_top