पेट्राेलकाे मूल्य प्रति लिटर १९९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । निगमले असार ५ गते राति १२ बजेदेखि लागूहुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ, डिजेलमा २७ रुपैयाँ र हवाई इन्धनमा १९ रुपैयाँले वृद्धि गरेको हो ।

अब पेट्रालको मूल्य प्रति लिटर १९९ रुपैयाँ, डिजेलको १९२ रुपैयाँ र हवाई इन्धनको मूल्य आन्तरिक तर्फ १८५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै निगमले मट्टितेलको मूल्यमा समेत २७ रुपैयाँले वृद्धि गरेर १९२ रुपैयाँ निर्धारण गरेको छ भने खाना बनाउने ग्यासको मूल्य यथावत नै राखेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई २२ अर्व रुपैयाँ बक्यौता भुक्तानी गर्न बाकि रहेको छ ।


Back_to_top