काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले चिनियाँ बजामा बिक्री सुरु गरेको एसयूभी नाम नै परिवर्तन भएर आएको छ । कम्पनीले यसअघि एलेक्सो नामबाट आउने जनाएपनि बिक्री सुरु हुँदा ‘इओ’ नामबाट आएको हो ।
हुन्डाईको इओ मोडलले चीनमा बीवाइडी र जिलीका कम्प्याक्ट इलेक्ट्रीक एसयूभीसँग सिधा प्रतिस्पर्धी गर्ने अनुमान गरिएको छ । हुन्डाई र चीनको बीएआईसी मोटर मिलेर तयार पारेको इओ एसयूभी निकै आकर्षक मूल्यमा सार्वजनिक भएको हो ।
बेइजिङ हुन्डाईले इओ एसयूभीको सुरुवाती मूल्य १६ हजार ८७० डलर तोकेर बिक्री सुरु गरेको छ । इओ हुन्डाईले चीनमा उत्पादन गरेको पहिलो प्योर इलेक्ट्रीक एसयूभी हो । चिनियाँ बजारमा इओ एसयूभी फन, स्मार्ट र टेक गरी विभिन्न तीन भेरियन्टमा बिक्री सुरु भएको छ ।
हुन्डाईको इजीएमपी प्लेटफर्ममा तयार भएको इओ एसयूभीको लम्बाइ ४६१५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६९८ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस छ ।
इओ एसयूभीमा ६४.२ र ८८.११२ किलोवाट अवारको एलएफपी ब्याट्री पाउन सकिन्छ । जसको सीएलटीसी रेन्ज क्रमशः ५४० र ७२२ किलोमिटर छ । सुपर फास्ट चार्जिङ सपोर्ट गर्ने इओलाई २७ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
चीनमा बनेको पहिलो इलेक्ट्रीक मोडलमा हुन्डाईले १६० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर दिएको छ । उक्त मोटरको पीक टर्क भने ३१० न्यूटन मिटर छ । टप भेरियन्ट भने अल ह्वील ड्राइभ सिस्टममा पनि उपलब्ध छ ।

