काठमाडौं । हिरो मोटरसाइकलले महामेला गर्ने भएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा पहिलो पटक एक्सचेन्जका साथै सर्भिस मेला आयोजना गर्ने भएको हो ।
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले यही कात्तिक २४ गतेदेखि २९ गतेसम्म महामेला आयोजना गर्ने भएको हो ।
सम्भवत: यो नेपालमै पहिलो पटक भृकुटीमण्डपमा एकैसाथ सर्भिस एक्सचेन्ज मेला आयोजना हुन लागेको हो । यो महामेलामा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्नेले न्यूनतम मूल्यांकन २५ हजार र थप मूल्यांकन/नगद छुट १ लाख रुपैयाँसम्म पाउने छन् ।
साथै, हरेक स्कुटर तथा मोटरसाइकल खरिदमा ग्राहकले हलमेट, बाइक कभर र ग्लोभ्स पाउने छन् ।
यो महामेलामा सर्भिस गराउँदा स्पेयर पार्टस र इन्जिन आयलमा १५ प्रतिशतको छुट पाउने छन् । यो अवधिमा ५० प्रतिशत लेबर चार्ज छुट दिने कम्पनीले जनाएको छ । यसमा निःशुल्क इन्जेक्टर क्लिनिङ र निःशुल्क वासिङ सुविधा उपलब्ध हुनेछ ।
यो अवधिभर सहभागी मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन् ।

