काठमाडौं । आयन र एक्स्पेङका आधिकारिक बिक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ एक्स्पेरियन्स सेन्टर संचालनमा ल्याएको छ ।
कम्पनीले थापाथलीको पुरानो सीजी मोटर्स शोरुमसँगै मुख्य सडकबाट करिब २० मिटर भित्र एक्सपेरियन्स सेन्टर संचालनमा ल्याएको हो ।
नयाँ एक्स्पेरिएन्स सेन्टरमा ग्राहकले आयन र एक्स्पेङका आकर्षक ईभीको लाइनअप नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने अवसर पाउने छन् ।
त्यस्तै, ग्राहकहरूले नयाँ मोडेलहरू प्रत्यक्ष अवलोकन गर्न, टेस्ट ड्राइभ बुक गरेर अत्याधुनिक प्रविधिको अनुभव लिन, सोही स्थानमा बुकिङ र तत्काल डेलिभरीको सुविधा समेत पाउने छन् ।
साथै, ग्राहकले विशेष अफरहरू, आकर्षक उपहार र सीजी मोटर्सका ईभी विज्ञहरूबाट व्यक्तिगत परामर्श सेवा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।
यस एक्स्पेरियन्स सेन्टरको उद्घाटनले सीजी मोटर्सको ग्राहक सेवाप्रतिको अठोटलाई व्यक्त गरेको कम्पनीको भनाइ छ ।

