बेल्ट एण्ड रोड इनिसेटीभको दोस्रो सम्मेलन मंगलबारबाट नेपालमा हुँदै

काठमाडौं । बेल्ट एण्ड रोड इनिसेटीभ (बीआरआइ) अभियानको दोस्रो सम्मेलन आगामी मंगलवारबाट नेपालमा हुने भएको छ । ‘नेपाल जोडिदै विश्वसँग फाइदा र चुनौँति’ नाराका साथ सो सम्मेलन यही फेब्रुवरी २६ र २७ गते काठमाडौंमा हुन लागेको हो । 

उक्त सम्मेलन बीआरटीसँग नेपालको पूर्वाधार विकास, पर्यटन र व्यापारको विस्तार, सवारी सुरक्षा र दिगो विकासको विषयमा छलफल हुनेछ । सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् । सम्मेलनमा भागलिन चीन, भारत, बेलायत, ल्याटभिया, साउथ अफ्रिका, श्रीलंका, मलेसियालगायतका एक दर्जनभन्दा बढी राष्ट्रहरुको सहभागिता रहने छ । 

सडक सहित पूर्वाधार, एसियन हाइवे, स्टार रेटिङ रोड्स, ड्राइभ टुरिजम, रोड ट्रान्सपोर्ट व्यवस्थापन र सुरक्षा जस्ता मुल विषयमा ४९ जनाले सहभागिले कार्यपत्र प्रस्तुत गर्ने छन् । 

यूथ कम्यूनीटी फर नेप्लीज कन्ट्रयाक्टरको सहआयोजनामा हुन लागेको सो सम्मेलनको आयोजना ‘बेल्ट एण्ड रोड इन्टरनेशनल ट्रान्सपोर्ट एलियन्स (बीआरआईटीए) ले गर्नेछ । साथै, व्यवस्थापकमा नासा फाउन्डेसन, संयोजन नेपाल अटोमोबाइल एसोसिएसनले गर्न लागेको हो । 


Back_to_top