धेरै रेन्ज र निकै कम मूल्यका ५ स्कुटर, तपाईको रोजाईमा कुन ?

सांकेतिक तस्वीर

काठमाडौं । पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि सँगै इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको चर्चा चुलिइएको छ । चार पाङ्ग्रे इलेक्ट्रीक साधनको तुलनामा अझै पनि दुई पाङ्ग्रे साधनको चर्चा अझै कम भएको पाइन्छ ।

नेपालमा अहिले २ दर्जनभन्दा धेरै ब्राण्डका इलेक्ट्रीक स्कुटरहरु विक्री वितरण हुँदै आएका छन् । हाल १ लाख ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मका इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल बजारमा पाउन सकिन्छ ।

यस्तोमा अहिले बजारमा उपलब्ध कम मूल्यका उत्कृष्ट इलेक्ट्रीक स्कुटरको विषयमा हामीले जानकारी दिएका छौं ।

१. टेल्जी टाइगर

टेल्जी इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी योम मा ई मोर्टसले टाइगर स्कुटर २ लाख मूल्यमा विक्री गर्दे आएको छ । केही समय अगाडि सोल्ड आउट भएको यो स्कुटर अब केही दिन भित्र नै नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।

टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । याे स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ ।

यसका अलावा यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

२. ल्युयान एमएनके–३

ल्युयान एमएनके–३ दुईलाख भन्दा कम मूल्यमा विक्री हुने स्कुटर रहेको छ । ल्युयान एमएनके३ स्कुटरमा १.५ वाट क्षमताको मोटर जडान गरिएको छ । यसमा ७२ भोल्ट ३२ एम्पीयर २.१६ किलोवाट क्षमतको ब्याट्री रहेको छ । यो ब्याट्री फास्ट चार्जर मार्फत एक पटक फुल चार्ज गर्न ३ घन्टामात्र लाग्ने कम्पनीको दावी छ । एक पटकको फुलचार्जमा यो स्कुटरलाई ८५ किलोमिटरसम्म चलाउन सकिने छ ।

यो स्कुटरमा फ्ल्याट रन टायर, एन्टी थेफ्ट अर्लाम, चाइल्ड लक, एलइडी हेडल्याम्प, एलइडी डिआरएल, डिस्क ब्रेक, मोवाइल चार्जर पोर्ट, व्याकरेस्ट, डिजिटल मिटर, एलइडी टेलल्याम्प, रेन्ज तथा स्पीड इन्डिकेटर, जस्ता फिचर रहेका छन् ।

कम मूल्यका स्कुटर खरिद गर्ने ग्राहकहरुका लागि एमएनके३ रोजाइमा पर्न सक्छ । यसको मूल्य १ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

३. सुपर शोको सीयू मिनी

सुपर शोकोले विक्री गर्ने सबैभन्दा कम मूल्यको स्कुटर सीयू मिनी रहेको छ । यो स्कुटरमा ९०० वाट पावरको मोटर रहेको छ । यसमा ४८ भोल्ट २० एम्पीयरको लिथिइम आयोन ब्याट्री रहेको छ । यो ब्याट्रीलाई ५ घन्टामा फुलचार्ज गर्न सकिन्छ । एकपटकको फुलचार्जमा यो स्कुटरलाई ६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यो स्कुटरमा डबल डिस्क ब्रेक, एन्टि थेफ्ट अर्लाम, रिमोट कि कन्ट्रोल, डिजिटल कन्सोल, एलइडि लाइट्स जस्ता फिचर उपलब्ध छ । यो स्कुटरको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

४. ओपाइ वाइडब्लू–०३

ओपाइ वाइडब्लू–०३ स्कुटरको ३ हजार वाट पिक पावर रहेको छ भने यसको रेटेड पावर १५ सय वाट रहेको छ । यसमा ६० भोल्ट तथा ७२ भोल्ट ३० एम्पीएरको ब्याट्री प्याक रहेको छ । यो स्कुटर एकपटक फुल चार्ज गर्नका लागि ५ देखि ६ घन्टा लाग्छ ।

एक पटकको फुल चार्जले ओपाइ वाइडब्लु०३ को लिड एसिड भर्सन ७० देखि ८० किलोमिटरसम्म यात्रा गर्छ भने यसको लिथियम आयोन भर्सन भने १२० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले दावी गरेको छ ।

यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यस्तै यसमा एलइडी लाइट, डिस्क ब्रेक, डिजिटल इन्स्टुमेन्ट क्लस्टर जस्ता फिचर रहेको छ ।

दुई भेरियन्टमा उपलब्ध यो स्कुटरको लिथियम आयनको मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको छ भने लिड एसिड भर्सनको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

५. मोका एम २०

मोका एम २० मा १.५ किलोवाट पिक पावरको मोटर जडान गरिएको छ । यसमा ६० भोल्ट ३२ एम्पीयरको ब्याट्री उपलब्ध छ । यो ब्याट्री प्याकलाई एकपटक फुलचार्ज गर्न ५ देखि ६ घन्टा समय लाग्छ । एक पटकको फुल चार्जमा ८० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

यो स्कुटरमा एलइडी लाइट्स, रिमोट कि कन्ट्रोल, डिजिटल डिस्प्ले, एन्टि थेफ्ट अर्लाम, डबल डिस्क ब्रेक, ब्याक गियर जस्ता फिचर उपलब्ध छन् ।

दुई लाखभन्दा कम मूल्यको स्कुटर खोजी गर्ने ग्राहका लागि यो स्कुटर उपयुक्त हुन सक्छ । यसको मूल्य १ लाख ८५ हजार रुपैयाँ रहेको छ ।


Back_to_top