टोटल इनर्जीको रिटेलर तथा मेकानिक भेला सम्पन्न

काठमाडाैं । लक्ष्मी ल्युब आयल प्रालिकाे  ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ सम्पन्न भएकाे छ । कम्पनीले मंगलबार काठमाडाैंमा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । साे कार्यक्रममा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्स सहभागी भएका थिए ।

उक्त कार्यक्रम महाराजगंजदेखि कलंकी क्षेत्रका टोटल इनर्जीका विक्रेता सुनकोशी इन्टरप्राइजेज र लक्ष्मी ल्युब आयलको सहकार्यमा  आयोजना भएकाे थियो । सुनकोशी इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर रामशरण कार्कीकाे अध्यक्ष्यतामा आयोजना गरिएको उक्त कार्यक्रमकाे विशिष्ट अतिथि लक्ष्मी कमर्सियल भेहिकल्स  तथा अटोकम्पोनेन्टका अपरेसन डाइरेक्टर कपिल शिवाकोटी थिए ।

त्यस्तै, कार्यक्रमकाे प्रमुख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष  ठाकुरप्रसाद न्यौपाने, अतिथिको रुपमा लक्ष्मी ल्युबका बिजनेस हेड  रविन्द्र उपाध्याय लगायतकाे सहभागिता थियो ।

कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित  विभिन्न सेग्मेन्ट र साइजमा उत्पादित लुब्रिकेन्टहरूको बारेमा जानकारी  दिइएको थियो । साथै, उक्त अवसरमा सन् २०२२ का लागि रिटेलर्स स्कीम पनि सार्वजनिक गरिएको थियो ।

लक्ष्मी ग्रुप नेपालको एउटा स्थापित ट्रेडिङ्ग कम्पनी हो ।  यसकाे स्थापना सन् १९७३ मा भएको थियाे । लक्ष्मी ग्रुप अटोमोटिभ्स डिभिजन हुन्डाई, बीएमडब्ल्यू, एसएमएलईसुजु, हिड्रोमेक, हिरो इलेक्ट्रीक, टाटा ग्रीन ब्याट्रिज, ट्रायङ्गल टायर र टोटल इनर्जिज जस्ता लोकप्रिय ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा रहेको छ ।

लक्ष्मी ल्युबले विगत ३ वर्षदेखि टोटल इनर्जिजको आधिकारिक विक्रेताको रूपमा आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । जसमा मोटरसाइकल, पेसेन्जर कार, बस/ट्रक/टिपर, ट्राक्टर, ग्रीज र इन्डष्ट्रियल गरी ६ वटा सेग्मेन्ट अन्तर्गत ७३ वटा प्याक साइज उपलब्ध छन् । यो विश्वको विश्वसनीय ब्राण्ड मध्ये एक  हो । यसका उत्पादन प्लाण्ट विश्वभरी ४२ वटा देशमा रहेका छन् । साथै १६० भन्दा बढी देशहरूमा याे लुब्रिकेन्ट विक्री वितरण हुने गरेको छ ।

 


Back_to_top