भृकुटीमण्डपमा टीभीएसको मेला, मासिक ६ हजारमा स्कुटर र मोटरसाइकल

काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चैत्र २९ देखि वैशाख ३ सम्मको लागि काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज मेला संचालन गरिरहेको छ ।

यो एक्सचेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनी ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साटेर घर लान सक्नेछन् ।

यसरी गर्ने एक्सचेन्जमा ग्राहकले बजार मूल्य भन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउने छन् । साथै, नयाँ सवारी खरिद गर्नुअघि http://tvsnepal.com/newyear/ मा दर्तागरी ५० हजार रुपैयाँसम्म छुट पाउन सक्ने र किने पश्चात १ लाखसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

यसैगरी सून्य प्रतिशत व्याज दरको सुविधा र मासिक ५ हजार ९९९ मासिक किस्तामा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यसको साथै हरेक मोटरसाइकल वा स्कुटरको खरिदमा निःशुल्क हेल्मेट, बाइक कभर र रेनकोट उपहार पाउने छन् ।


Back_to_top