काठमाडौं । यात्राको क्रममा बीच बाटोमा मोटरसाइकलको क्लच बिग्रियो भने के गर्ने भनेर चिन्ता हुने गर्छ । बाइक धकेलेर वर्कशप खोज्दै हिँड्नुपर्ने अवस्था आउँन सक्छ । यस्तोमा चालकलाई हैरानी हुने गर्छ ।
क्लच बिनापनि बाइक चलाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आज हामी केही यस्ता टिप्स तपाईलाई दिदैछौं जसले तपाईलाई बीच बाटोमा समस्या पर्दा सहयोगी हुन सक्छ ।
खुला स्थान
यात्रा गर्दागर्दै बाइकको क्लच बिग्रिएको अवस्थामा बाइकलाई सडकको बायाँ किनारमा लग्नुस् । बाइकलाई न्यूटलमा राख्नुहोस् । अब बाइकमा राम्रोसँग बसेर बाइकको ह्यान्डललाई बलियो गरी समाउनुहोस् र स्टार्ट गर्नुहोस् ।
स्टार्ट गरिसकेपछि ध्यानपूर्वक एक गियरमा राख्नुहोस् । याद गर्नुहोस्, तपाईंको क्लच बिग्रिएको छ । खुल्ला स्थानमा बाइकलाई लानुको मुख्य कारण विना क्लच बाइकमा गियर दिदा अगाडि हुत्तिन सक्ने हुन्छ ।
एक्सलेरेटर
जब क्लचले काम गर्दैन, त्यतिबेला एक्सलेरेटरमा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ । विना क्लच बाइकलाई गियरमा राख्दा स्टार्ट बन्द हुने सम्भावना धेरै हुन्छ ।
बायक स्टार्टसँगै तपाईंले हल्का एक्सलेरेटर पनि दिनु पर्ने हुन्छ । यदि एक्सलेरेटर दिनु भएन भने स्टार्ट बन्द हुन्छ ।
स्पीड
क्लच बिग्रिएको अवस्थामा बाइक सामान्य गतिमा मात्र चलाउनुपर्छ । बाइकलाई २० देखि २५ को गतिभन्दा माथि नचलाउनुहोस् जसले तत्काल रोक्न परेपनि तपाईलाई कुनै समस्या नहोस् । कम स्पीडमा बाइक कन्ट्रोल गर्न सजिलो हुनेछ ।
भीडभाडबाट बच्ने
यसरी क्लच बिग्रिएको बाइक भीडभाड तथा ज्यादा ट्राफिक भएको स्थानतिर नचलाउनुहोस् । गियर चेञ्ज धेरै गर्नुपर्ने यस्ता क्षेत्रमा बाइक चलाउँदा अत्याधिक मात्रामा क्लचको पनि प्रयोग गर्नुपर्ने हुन्छ ।
त्यसैले खुल्लाबाटो भएर जाने नजिकको वर्कसप छनोट गरि बाइक मर्मत गर्न सक्नु हुनेछ ।

