अघिल्लो साता भारतमा सार्वजनिक भएको एमजी हेक्टरको बुकिङ १२ हजारभन्दा बढी भएको छ । भारतमै उत्पादित एमजी हेक्टरको चर्चा निक्कै चुलिएको थियो । कनेक्टेड कारका रुपमा हेक्टरले सार्वजनिक हुनु अघि नै आफ्नो परिचय बनाउन सफल भएको थियो ।
एमजी हेक्टरको बुकिङ गरेको २० सातापछि मात्र डेलिभरी पाइने अवस्था रहेको कम्पनीले जनाएको छ । मिड साइज एसयूभी हेक्टरले भारतमा टाटा ह्यारियर, जीप कम्पास, हुन्डाई क्रेटा तथा निसान किक्ससंग प्रतिस्पर्धा गर्ने छ ।
चीनको एसएआइसी ग्रुपको स्वामित्यमा रहेको एमजीले भारतमै बनाएको पहिलो एसयूभी हेक्टर १.५ लिट टर्बोचाज्र्ड पेट्रोल, १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल, सेगमेन्टमै पहिलो ४८भी माइल्ड हाइब्रिड र २.० लिटर डिजेल इन्जिनमा उपलब्ध छ ।
४ वटा भेरियन्ट स्टाइल, सुपर, स्मार्ट र सार्पमा रहेको हेक्ट ११ कन्फिगरेसनमा उपलब्ध रहेको छ । हाइब्रिड पेट्रोल इन्जिन र डिजेल इन्जिनमा ६ स्वीड म्यानुअल र पेट्रोल भर्सनमा ६ स्वीड डूअल–क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ ।
हेक्टरले अघिकतम १७० पीएस पावर र ३५० एनएम टर्क दिन्छ । त्यस्तै हेक्टरले १७.४१ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।
एमजी हेक्टर पेट्रोल भेरियन्टको सुरुवाती मूल्य १२ लाख १८ हजार भारुदेखि १६ लाख ७८ हजार भारुसम्म रहेको छ । त्यस्तै हाइब्रिड भर्सनको मूल्य १३ लाख ५८ हजार र १४ लाख ६८ हजार भारु रहेको छ ।
हेक्टर डिजेल भर्सनको मूल्य १३ लाख १८ हजारदेखि १६ लाख ८८ हजार भारु तोकिएको छ ।
एसएआइसीले भारतमा एमजी ब्रान्डका लागि २२ सय करोड भारु लगानी गरेको छ । यसले भारतीय बजारमा एमजी आक्रामक रुपमा आउने देखिएको छ ।

