काठमाडौं । बीएमडब्लूले भारतमा नयाँ एफ ४५० जीएस मोटरसाइकलको परीक्षण सुरू गरेको छ ।
भारतमा बीएमडब्ल्यू र टीभीएसको सहकार्यमा निर्माण भएको जी ३१० सिरिजको उत्पादन बन्द भएसँगै कम्पनीले नयाँ मोटरसाइकलको परीक्षण सुरू गरेको हो ।
बीएमडब्लू एफ ४५० जीएस भने टीभीएससँको प्लाण्ट उत्पादन गरेको हो होइन एकिन भइसकेको छैन ।
पहिलो पटक कन्सेप्टका रूपमा इक्मा अटोशो २०२४ मा देखिएको बीएमडब्लू एफ ४५० जीएस मोटरसाइकल भारत मोबिलिटी एक्स्पो २०२५ मा समेत प्रदर्शन गरिएको थियो ।
कम्पनीले कर्नाटकामा एफ ४५० को परीक्षण सुरू गरेको तस्बिर बाहिर आएको हो । योसँगै यो मोटरसाइकलको प्रडक्सन टीभीएसले गरिरहेको अनुमान गरिएको छ । यो मोटरसाइकलमा ४५० सीसी प्यारालल ट्वीन सिलिण्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ४८ पीएससम्मको पावर जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स हुनेछ ।
बीएमडब्ल्यू आर १३०० जीएस जस्तै टिपिकल एड्भेन्चर डिजाइनमा तयार भएको यो मोटरसायकलमा फ्रन्ट बिक मर्डगार्ड, ठूलो विन्डस्क्रीन, अपस्वेप्ट एग्जस्ट, स्याडल र्याक, अलोय ह्वील, ब्लक प्याटर्न ट्युबलेस टायर, सिंगल पिस र्याली सिट, फ्रन्टमा यूएसडी फर्क र रियरमा मोनोशस सस्पेन्सन सेटअप रहेको छ ।
एफ ४५० जीएसमा स्मार्टफोन कनेक्टिभिटी र नेभिगेसन सहितको कलरफुल डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल हुनेछ । साथै, पूरा एलईडी लाइट, डीआरएल, कर्नरिङ एबीएस, स्वीच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल, मल्टिपल राइडिङ मोडहरू, डुअल च्यानल एबीएस जस्ता फिचरहरू यस मोटरसाइकलमा समावेश हुनेछन् ।
एफ ४५० मोटरसाइकल २०२६ मा विश्वव्यापी रूपमै सार्वजनिक गर्ने तयारी कम्पनीले गरिरहेको छ । भारतीय बजारमा यसको मूल्य ४ लाख ५० हजारदेखि ५ लाख भारुसम्ममा निर्धारण गर्नसक्ने अनुमान गरिएको छ ।