बुटवलमा ट्रायम्फ मोटरसाइकलको शोरुम, थ्री एस सेवा उपलब्ध हुने

काठमाडौं । ट्रायम्फ मोटरसाइकलको नयाँ शोरुम बुटवलमा खुलेको छ । बस्याल मोटोकर्पले बुटवलमा ट्रायम्फको थ्री एस सुविधासहितको शोरुम संचालनमा ल्याएको हो ।

बिहीबार एक कार्यक्रमका बीच ट्रायम्फ मोटरसाइकलको शोरुम उद्धघाटन गरिएको हो । शोरुम उद्धघाटनको पहिलो दिननै कम्पनीले १५ युनिट मोटरसाइकल डेलिभरी गरेको जनाएको छ ।

बस्याल अटोकोर्पका संचालक आकर्षक बस्यालले स्थानीय ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियामा आफ्नो उत्साह बढेको बताए । ‘बुटवलका मानिसहरूले देखाउनुभएको उत्साह अविश्वसनीय छ। पहिलो दिनमै १५ मोटरसाइकल डेलिभर गर्नुभनेको ट्रायम्फप्रतिको विश्वास र प्रेम हो। हामी यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध छौं,’ उनले भने ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ब्राण्डको गुणस्तर र नेपाली ग्राहकद्वारा देखाइएको साथको सराहना गर्दै भने, ‘ट्रायम्फ मोटरसाइकल इन्जिनियरिङ उत्कृष्टताको प्रतीक हो। नेपाली राइडरहरूले यसलाई खुलेर स्वागत गर्नुभएकोमा हामी गर्व गर्छौं। बुटवलको प्रतिक्रिया असाध्यै उत्साहजनक छ र हामी यहाँको मोटरसाइकल समुदायसँग अझ घनिष्ठ सम्बन्ध बनाउने अपेक्षा राख्छौं।’

बुटवलमा रहेको यो नयाँ शोरुममा प्रशिक्षित जनशक्ति तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराइएको छ। कम्पनीले आफ्नो आउटलेटलाई सेल्स (बिक्री), सर्भिस (सेवा), र स्पेयर (स्पेयर पार्ट्स) सहितको पूर्ण थ्रीएस सुविधासहित तयार रहेको जनाएको छ।


Back_to_top