४५० सीसीको मोटरसाइकल ल्याउँदै बीएमडब्लू, ५ दिनपछि सार्वजनिक हुने

काठमाडौं । भारतमा बीएमडब्लू मोटार्डले निर्माण गरेको ४५० सीसीको नयाँ मोटरसाइकल आगामी साता सार्वजनिक हुने भएको छ ।

कम्पनीले नोभेम्बर ४ देखि इटालीको मिलानमा आयोजना हुने इक्मा अटोशो २०२५ मा नयाँ एफ ४५० जीएस सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले आफ्नो आधिकारिक शोसल मिडिया ह्याण्डल इन्स्टाग्राम मार्फत टिजर रिलिज गर्दै नोभेम्बर ४ तारिखमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने घोषणा गरेको हो ।

बीएमडब्लू एफ ४५० जीएस बीएमडब्लूको आर १३०० जीएस जस्तै टिपिकल एड्भेन्चर डिजाइनमा तयार भएको छ । त्यसैले कम्पनीले यस मोटरसाइकलमा सेमी अटोमेटिक ट्रान्समिसन गियरबक्स सिस्टम पनि दिने अनुमान गरिएको छ ।

यो मोटरसायकलमा फ्रन्ट बिक मर्डगार्ड, ठूलो विन्डस्क्रीन, अपस्वेप्ट एग्जस्ट, स्याडल र्याक, अलोय ह्वील, ब्लक प्याटर्न ट्युबलेस टायर, सिंगल पिस र्याली सिट, सम्प गार्ड, पिलियन ग्रयाब ह्याण्डल, फ्रन्टमा यूएसडी फर्क र रियरमा मोनोशस सस्पेन्सन सेटअप हुने छ ।

एफ ४५० जीएसमा स्मार्टफोन कनेक्टिभिटी र नेभिगेसन सहितको कलरफुल डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल हुनेछ । साथै, पूरा एलईडी लाइट, डीआरएल, कर्नरिङ एबीएस, स्वीच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल, मल्टिपल राइडिङ मोडहरू, डुअल च्यानल एबीएस जस्ता फिचरहरू समावेश हुनेछन् ।

मोटरसाइकलमा ४५० सीसी प्यारालल ट्वीन सिलिण्डर, लिक्विड कुल्ड इन्जिन छ । यो इन्जिनले अधिकतम ४८ पीएससम्मको पावर जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथ स्लिप असिस्ट क्लच र क्वीकसिफ्टर पनि हुनेछ ।


Back_to_top