काठमाडौं । बीएमडब्ल्यू इन्डियाले ६ सिरिज ग्रान टुरिस्मोलाई डिजेल इञ्जिन भ्यारियन्ट भारतमा सार्वजनिक गरेको छ । हाल यो मोडल दुई ट्रीम्स, लग्जरी लाइन तथा एम स्पोर्टमा उपलब्ध भएको छ ।
लग्जरी लाइन ट्रीमको मूल्य ६६ लाख ५० लाख भारतीय रुपैयाँ रहेको छ भने, एम स्पोर्टको मूल्य भने ७३ लाख ७० हजार रुपैयाँ निर्धारण गरिएको छ । बीएमडब्ल्यू ६ जिटी हाल पेट्रोल र डिजेल दुबै इन्धन भ्यारियन्टमा उपलब्ध छ ।
बीएमडब्ल्यू–६३० डी–ग्रान टुरिस्मोलाई चार कलर अप्सनमा निर्माण गरिएको छ । एम स्पोर्ट ट्रीमको लागि एक्सक्लूसिव मेटालिक पेन्टवर्क दिइएको छ । साथै, कार्बन ब्लाक तथा ब्लूस्टोन कलर अप्सनमा उपलब्ध छ । लक्जरी लाइनको क्रोम स्टाइलमा बीएमडब्ल्यूमा किड्नी ग्रील, फ्रन्ट बम्पर, रियर ऐप्रन तथा टेललाइटजस्ता विशेषता रहेका छन् ।
एम स्पोर्टमा स्पोर्टी क्यारेक्टरका साथै एयरका लागि ब्लान्क स्पेस दिइएको छ । ६ जिटी लक्जरी लाइनमा दुई हिस्सामा बाँडिएको प्यानारोमा ग्लास रुफ, इलेक्ट्रीकली अजस्ट हुने रियर सिट उपलब्ध छ ।
जी–६ लाइड डिजाइनमा एबियान्ट लाइटिङ लगाइएको छ भने, फाइन गुड इन्टीरियर ट्रीम लगाइएको छ । साथै, एम स्पोर्टमा एक्सक्लूसिभ नापा नेदरको प्रयोग गरिएको छ । बीएमडब्ल्यू–६३० डी–ग्रान्ड टुरिज्मोमा रिमोट कन्ट्रोल पार्किङ सिस्टमको विशेषता दिइएको छ । साथै, स्मार्ट सर्भिस रिमाइन्डर्स क्याबिन टेप्रेचर माइलेज तथा फ्यूल लेभलसमेत समावेश गरिएको छ ।