अरनिको र बीपी राजमार्गमा राखियो ३० वटा बोर्ड

काठमाडौं । काठमाडौंबाट पूर्व जाने मुख्य दुई सडक अरनिको राजमार्ग र बीपी राजमार्गका विभिन्न स्थानमा ३० वटा सचेतनामूलक सूचना बोर्डहरू राखिएको छ।

सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा सुनिश्चित गर्ने र विपत् व्यवस्थापन सहयाेग पुर्याउने उद्देश्यले दुवै राजमार्गमा सचेतनामूलक बोर्ड राखिएको हो ।

२०७९ सालदेखि निरन्तर सडक सुरक्षा सम्बन्धी सचेतना अभियान संचालन गर्दै आएको ट्राफिक प्रहरी र नेपाल प्रहरीले शुक्रबार बीपी राजमार्गको २५ स्थान र अरनिको राजमार्गको ५ स्थान गरी ३० स्थानमा सचेतनामूलक बोर्डहरू राखेको हुन् ।

बोर्डमा पहिरो जाने स्थान तथा सम्भावित दुर्घटना स्थल, सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सुरक्षाका उपायहरू, ट्राफिक नियमको पालनाको महत्त्व, ज्यान गुमाउने सम्भावनाबारे चेतावनीसहितका सन्देश उल्लेख गरिएको छ।

विशेषगरी उकालो-ओरालो, घुम्ती, भीर भएको स्थानमा बोर्डहरू राखिएको छ । यसले आगामी दिनमा सडक दुर्घटनामा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।


Back_to_top