काठमाडौं । आधुनिक गाडीमा ‘ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम’ दिइएको हुन्छ । खासगरी, ईभीको प्रयोग व्यापक हुन थालेसँगै ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम सामान्य लाग्न थालेको हो ।
बजारमा उपलब्ध अधिकांश विद्युतीय गाडी र महँगा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम दिइएको छ । यस फिचरले घुमाउरा बाटोमा गाडी चलाउँदा वा कुनै पनि गाडीले ओभरटेक गर्दा हुनसक्ने दुर्घटनाबाट जोगाउन सहयोग गर्छ । यसअघि बजारमा उपलब्ध धेरै कारमा यो फिचर छैन ।
ब्लाइन्ड स्पट भन्नाले आफ्नो साइड मिररबाट नदेखिने स्थान हो । जहाँ पहिल्यै अन्य गाडीहरू गुडिरहेका हुन सक्छन् । यस्ता स्पटमा हुने दुर्घटना पनि धेरै र डर लाग्दा हुन्छन् ।
धेरैजसो दुर्घटना ओभरटेक गर्ने क्रममा ‘ब्लाइन्ड स्पट’मा रहेका गाडीहरूसँग ठोकिएर हुने गरेको पाइन्छ । साइड भ्यू मिरर र रियर भ्यू मिरर दुवैमा पछाडिका गाडी नदेखिने अवस्थालाई ब्लाइन्ड स्पट भनिन्छ ।
प्रायःजसो आफ्नो गाडीसँगै अर्को गाडी समान स्पीडमा गुडिरहेको अवस्थामा ब्लाइन्ड स्पटका गाडीहरू नदेखिने हुन्छ । यसबाट बच्न केही उपाए लगाउन सकिन्छ ।
रियर भ्यू मिररको सेटिङ
तपाईं ड्राइभिङ सिटमा बस्दा सबैभन्दा पहिला गाडीको आइआरभीएमलाई रियरको पूरै भ्यू देखिने गरी मिलाउनुपर्छ । ड्राइभिङ सिटमा बसेर हेर्दा कार वा भित्री सिटको कुनै पनि हिस्सा नदेखिएमा यो सही तरिहकाको सेटिङ हुनेछ ।
लेफ्ट साइड मिररको सेटिङ
लेफ्ट साइडको मिररको काम भनेको बायाँ लेनबाट आउने गाडी हेर्नु हो । यसलाई सेटिङ गर्दा आफ्नो कारको १० वा १५ प्रतिशत हिस्सा मात्र देखियोस्, बाँकी सबै सडक देखिनु पर्छ । यसले गर्दा लेफ्टबाट आउने अप्रत्यासित ट्राफिबाट समयमै सजक हुन सकियोस् ।
राइट साइड मिररको सेटिङ
नेपाली बाटोमा सवारीहरू लेफ्ट लेनबाट चलाउने भएकोले राइट साइडबाट ओभरटेक गर्नुपर्छ । यसको लागि राइट मिररको सेटिङ गर्दा सम्पूर्ण सडक देखिने गरी गर्नुपर्छ ।
आफू अन्य कारलाई ओभरटेक गर्दा पनि पहिला आफ्नो राइट साइडको बाटो राम्रोसँग चेक गरेर मात्रैं आफ्नो लेनबाट बाहिर निस्कनु पर्छ । यही बेलामा ब्लाइन्ड स्पटका सवारी नदेखिने भएकाले इनसाइड, लेफ्ट र राइट सबै साइड क्लियर छ भने मात्र आभरटेक गर्ने प्रयास गर्नुपर्छ । कहिले पनि लेफ्ट साइडबाट ओभरटेक गर्नु हुँदैन ।

