केटीएमले नाइमा मोबिलिटी एक्स्पोमा सबै मोटरसाइकलको नयाँ भर्सन ल्याउने

काठमाडौं । केटीएमले यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा आफ्नो सम्पूर्ण मोटरसाइकलको नयाँ अपडेट भर्सन सार्वजनिक गर्ने भएको छ ।

नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा उपलब्ध रहेको सम्पूर्ण मोडलको अपडेट भर्सन बजारमा ल्याउने भएको हो ।

साथै, केटीएमले मोबिलिटी एक्स्पोमा नयाँ मोडल २५० र ३९० एड्भेन्चर पनि सार्वजनिक गर्नेछ ।

हाल नेपालमा केटीएमको ड्युक २००, ड्युक २५०, ड्युक ३९०, आरसी २००, आरसी ३९० र पुरानो भेरियन्ट एड्भेन्चर २५० र ३९० मोडलका मोटरसाइकलहरू उपलब्ध छन् ।

केटीएमका यी सबै मोटरसाइकल नेपालमा निकै चर्चित र प्रिमियम मानिन्छन् । आकर्षक ग्रफिक्स डिजाइन, फिचरहरू र पावरफुल भएकाले यी मोटरसाइकलले सदावहार चर्चा पाउँछन् ।

यी सबै मोडलमा सिंगल सिलिण्डरको लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी, इएफआइ इन्जिन सेटअप पाउन सकिन्छ ।

नेपालमा उपलब्ध रहेको २५० र ३९० एड्भेन्चर भन्दा अब आउने नयाँ एड्भेन्चर अझै धेरै एग्रेसिभ छ । यसमा एड्भान्स फिचरहरू पनि थपिएर आउने छन् भने इन्जिन पनि नयाँ सेटअपमा हुनेछ ।

केटीएमले यी सबै मोटरसाइकलमा राइडरलाई आवश्यक पर्ने सम्पूर्ण किसिमका फिचरहरू सेग्मेन्ट अनुसार छुट्टाछुट्टै दिएको छ ।


Back_to_top